बलिउडका यी पाँच जोडी, जसको डिभोर्स पछि फेरी विवाह भयो

काठमाडौं, ८ माघ । भनिन्छ, बलिउडमा मानिसहरुले जति चाँडो विवाह गर्छन्, उतीनै चाँडो डिभोर्स पनि । तर यस्तो सबैको हुँदैन । केहीको सम्बन्ध स्टाटसका लागि मात्रै हुँदैन, दिलको पनि हुन्छ । कोही यस्ता पनि हुन्छन्, एक अर्कासँग छु्ट्टिन्छन्, अनि फेरी मिल्छन् ।

१. ऋतिक र सुजैन

ऋतिक रोशन र सुजैन डिभोर्सपछि पनि एक अर्काको विरुद्धमा उत्रिएनन् । उनीहरु मायाले एक भएका थिए, र सायद यही कारणले अलग पनि भए । अहिले फेरी उनीहरु एक हुने खबर आइरहेको छ । तर सुजैन र उनको परिवारले यस्ता खबरको खण्डन गरिरहेका छन् । खण्डन कै कुरा गर्ने हो भने अनुष्का शर्मा विराट कोहलीसँग विवाह गर्न परिवारसँग इटाली जाँदा पनि गरेकी थिइन् ।

२. पुजा घाई र निरज रावल

‘आई हेट लभ स्टोरी’ फिल्म पछि पुजा घाईले निरज रावलसँग २००७ मा विवाह गरेकी थिइन् । केहीसमय पछि उनीहरुको डिभोर्स भयो । तर २०१० मा उनीहरु फेरी एक भए ।

३. रणधीर कपूर र बबिता शिवदासनी

८० को दशकमा रणधीर र बबिताको बैबाहिक जिवनमा ठूलो उथल पुथल आएको थियो । बबीताले कपूर परिवारसँगको सम्बन्ध तोडेर छोरीहरुसँग एक्लै बस्न लागेको खबरहरु समेत आएका थिए । अदालतमा डिभोर्सका लागि एप्लाई समेत गरेको बताइएको थियो । तर उनी डिभोर्स माग्दै अदालत नगएको कुरा केही समय पछि पुष्टि भयो ।

४. आदित्य पंचोली र जरिना वाहेव

आदित्य पन्चालीले आफु भन्दा ६ बर्ष जेठी जरिना वाहेबसँग १९८६ मा विवाह गरेका थिए । तर आदित्यको अफेयर्स र उनका अपराधिक गतिविधिको खबर आउन थालेपछि जरिनाले एक्लै बस्ने निर्णय गरिन् । केही समय पछि फेरी उनीहरु एक भए ।

५. राखि र गुलजार

आफ्ना पहिला पति अजय विस्वाससँग डिभोर्सपछि बलिउका कवी, लेखक, गीतकार र निर्माता गुलजाससँग राखिले विवाह गरिन् । दुवैकी एक छोरी छिन् मेघना गुलजार । छोरी एक बर्षकी हुँदा उनीहरु अलग भएका थिए । केही बर्षसम्म अलग बसेपछि उनीहरु २०१७ मा एक भएका थिए । एजेन्सी

The post बलिउडका यी पाँच जोडी, जसको डिभोर्स पछि फेरी विवाह भयो appeared first on Taja nepali news.

http://ift.tt/2mZO0B2
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.