काठमाडौं, २२ जेठ । रोजगारीका लागि दक्षिण कोरिया पुगेका एक नेपालीले आत्महत्या गरेका छन् । देगु खांग्सान्स्थित फोजांग कम्पनीमा कार्यरत गोर्खाका सुनिल अधिकारीले जीवन अँध्यारो भएको भन्दै फेसबुकमा स्ट्याटस लेखेर आत्महत्या गरेका छन्।
दुई वर्षअघि इपिएसमार्फत रोजगारीका लागि कोरीया गएका २२ वर्षीय अधिकारीले सुसाइट गर्नु केही घन्टा अघि सबुक वालमा कालो रंग पोते पछि आत्म हत्या गरेको बताइएको छ ।
लगत्तै कमेन्टमा उनका साथीले भोलि बिहान उज्यालो हुन्छ ब्रो’ भन्दै कमेन्ट पनि लेखेका थिए ।अधिकारीको शव फोजांग प्रहरीले स्थानीय अस्पतालमा राखेको छ। भने आत्म हत्या गर्नुको कारण भने नखुलेको बताइएको छ । etajakhabar

Post a Comment
Thanks.