समाज मै हुँ रत्नपार्कको ‘मुकुन्दे’, यसकारण छाड्नु पर्‍यो मैले रत्नपार्क ! (भिडियोसहित)

रत्नपार्कमा भाषण गर्ने मुकुन्दे भनेर चिनिने मुुकुन्द घिमिरेले काठमाडौं आउनु अघि नै ओभरसियर पास गरेका रहेछन्, त्यो पनि राम्रो अंकसहित । रत्नपार्कमा भाषण गरेको देखेर कतिले उनलाई पागल पनि भनेका रहेछन् । द्वन्द्वकालमा माओवादीका कुरा गरेपछि उनी पक्राउ पनि परेछन् । केही समय बन्दी जीवन बिताए । भोजपुर घर भएका मुुकुन्द आफूलाई कसैले ‘मुुकुन्दे’ भन्दा फरक नपर्ने बताउँछन् । किनभने त्यो नाम नै उनको पहिचान हो ।

रत्नपार्कमा भाषण गर्दा के आनन्द हुन्थ्यो त ? पढेलेखेको मान्छेले काम गरेको भए पनि हुन्थ्यो नी भन्ने प्रश्नमा उनले भने, ‘इन्जिनियर नै भए पनि ढोग्न पर्ने नेतालाइ नै रहेछ । ठूला हाकिमले पनि ढोग्ने नेता मन्त्रीलाई नै रहेछ । मलाई अरु पेशा भन्दा राजनीति नै ठीक लाग्यो । रत्नपार्कमा भाषण गरेँ । जनतालाई आफ्ना कुरा सुनाएँ । त्यो बेलाको आवश्यकता पनि थियो । अहिलेको जस्तो सामाजिक सञ्जाल, मिडिया थिएन । मलाई त्यसमै आनन्द लाग्थ्यो । मान्छेहरुले दुई चार रुपैयाँ दिन्थे पनि ।’

मुकुन्दले रत्नपार्कमा जति भाषण सुनाए पनि अहिले त्यो क्रम भंग भएको छ । चार वर्ष अघिदेखि उनले भाषण गर्न बन्द गरेका छन् । रत्नपार्कमा नयाँ व्यवस्थापन आएपछि उनका लागि त्यहाँ भाषण गर्ने वातावरण बन्द भयो । मुुकुन्दलाई अरुले जे भनून् उनको महत्वाकांक्षा भने चानचुन छैन । उनले भने, ‘स्थानीय तहको निर्वाचन भनेको पँधेरामा महिलाहरुको जमघट जस्तो हो । प्रदेशको के कुरा गर्नु । संसदको निर्वाचनमा चाहिँ दल खोलेर चुनाव लड्ने हो । म जस्तो मान्छेले देशको प्रधानमन्त्री नै बन्नु पर्छ ।’

मुुकुन्द घिमिरेलाई ट्वीटरमा धेरैले फलो गरेका छन् । फेसबुकमा पनि उनी सक्रिय छन् । वर्षौसम्म रत्नपार्कमा भाषण गरेको व्यक्तिलाई पनि मिडियाले स्थान दिएको भन्दै उनले प्रशन्नता र धन्यवाद व्यक्त गरे ।
nepalaaja

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.