युवराज दीपेन्द्रको भूमिका निर्वाह गर्ने कलाकारलाई बिहेमा बाजा बजाउनेको कपडा

असार–३ । फिल्म ‘दीपेन्द्र सरकार’को हालै एक पाँच तारे होटलमा घोषणा गरियो । घोषणा सभा निक्कै तामझामपूर्ण नै थियो । फिल्ममा युवराज (राजा) को भूमिका प्रेम गीत– २ का नायक प्रदीप खड्कालाई लिइएको छ । फिल्मको निर्देशक को हो ?, अरु प्राविधिक को को छन् केही पनि निश्चित भएको छैन ।
त्यो भन्दा पनि महत्वपूर्ण ‘दीपेन्द्र सरकार’को घोषणा समारोहमा नायक प्रदीप खड्कालाई युवराज दीपेन्द्रले लगाउने शाही नेपाली सेनाको ट्युनिक लगाएर प्रस्तुत गरिएको थियो । तर आश्चर्य त त्यतिबेला भयो जब त्यो पोशाक तत्कालीन शाही नेपाली सेनाको नभएर बिहेमा ब्यान्डबाजा बजाउनेहरुले लगाउने कपडा जस्तो देखियो ।
युवराज दीपेन्द्रले लगाउने ट्युनिकसँग कहिँ कतै केही मेल नखाने यस्तो पोशाक नायकलाई लगाउन दिएपछि अहिले यो विषयले चर्चा पाइरहेको छ । nepalaaja

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.