नेपाली कामदारका अप्ठयारा समाधान गर्न कतार तयार

काठमाडौ: साउदीसहितका छिमेकी मुलुकले नाकावन्दी लगाएको कतारमा रहेका नेपाली कामदारका अप्ठयारो समाधान गर्न त्यहाँको सरकारले तदारुकता देखाएको छ । नेपालका लागि कतारी राजदूत युसुफ विन मोहम्मद अल हेलले श्रम तथा रोजगार मन्त्री फरमुल्लाह मंसुर समक्ष त्यस्तो तदारुकता देखाउनु भएको हो ।
मन्त्री मंसुरसँग मंगलवार सिंहदरवारस्थित उहाँकै कार्यकक्षमा भएको भेटमा राजदूत अल हेलले कतारमा रहेका नेपाली कामदार हुनै अप्ठयारोमा नपर्ने जानकारी गराउँदै निश्चिन्त रहन आग्रह गर्नु भएको मन्त्रालयले जनाएको छ ।
‘कतारमा रहेका सबैलाई कुनै समस्या वा अप्ठयारोमा पर्न नदिन कतारी सरकारबाट हर सम्भव प्रयास भइरहेको छ’ राजदूत अल हेलले भन्नु भयो । कतारमा करीव पाँच लाख नेपाली कामदार छन् । कतारमा भएको पछिल्लो राजनीतिक घटनाक्रमको कारणबाट उत्पन्न हुन सक्ने संभाव्य असहज परिस्थितिमा कतारमा कार्यरत नेपालीहरुको बारेमा मन्त्री मंसुरले गहिरो चासो व्यक्त गर्नु भएको थियो ।
‘त्यहाँ कार्यरत नेपाली कामदारको अवस्था के कस्तो रहेको छ ? कुनै अप्ठयारो आइ पर्ने हो कि ?’ मन्त्री राजदूतले राजदूत अल हेल समक्ष जिज्ञासा राख्नु भएको थियो । कतारमा जनजीवन सामान्य रहेको जानकारी गराउनु भएको मन्त्रालयले जनाएको छ ।

कतारमा उत्पन्न कुटनीतिक संकटको समाधान कुटनीतिक एवंशान्तिपूर्ण तवरबाटै समाधानको शुभेच्छा व्यक्त गर्नुभएको थियो । कतारमा रहेका नेपालीहरुले भोग्नु परेका समस्याहरुको वारेमा छलफल गरी समाधानको उपाय खोज्न दुई देश वीच भएको श्रम सम्झौता अन्तर्गतको प्राविधिक समितिको बैठकमा छलफल गरी समाधान गर्न सकिने पनि राजदूत अल हेलले बताउनुभयो ।
सन १९७७ मा दौत्य सम्बन्ध स्थापना भएको नेपाल र कतार वीच सन २००५ मा श्रम सम्झौता भएको थियो । छलफलमा मन्त्री मंसुरले नेपालबाट उच्च दक्ष जनशक्ति पठाउने वातावरण सिर्जना गर्न पनि राजदूत अल हेलको ध्यानाकर्षण गराउनु भएको थियो । राजदूत अल हेलले यस बिषयमा कतार सरकारलाई जानकारी गराउने र आफू स्वंयम पनि सकारात्मक रहेको बताउनुभयो।
छलफलमा श्रम तथा रोजगार मन्त्रालयका सचिव लक्ष्मणप्रसाद मैनाली,सहसचिव गोविन्दमणि भूर्तेल र परराष्ट्र मन्त्रालयका उपसचिव कौशल किशोर राय सहभागी हुनुहुन्थ्यो ।

http://ift.tt/2rzUAys
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.