कतार तथा उसका अरब छिमेकीहरुसंगको विवाद चर्किएर युद्ध सम्म हुन सक्ने जर्मनीका विदेशमन्त्री जिकमार गाब्रियलले चेतावनी दिएका छन्।
एक जर्मन अखबारलाई अन्तर्वार्ता दिंदै उनले हालको विवादमाझ दुई पक्षबीचको सम्बन्धमा अस्वाभाविकरुमा कडा रुखोपना आएको बताए।
गाब्रियलले यो साता विवादका सबै पक्षसंग कुराकानी गरेका छन्।
साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, बहरेन तथा इजिप्टले कतारसंग सम्बन्ध विच्छेद गर्नुका साथै स्थल, सामुद्रिक तथा हवाई मार्गमा नाकाबन्दी लगाएका छन्।
बेवास्ता
अमेरिकी विदेश मन्त्री रेक्स टिलरसनले नाकाबन्दी हटाउन गरेको आग्रहलाई उनीहरुले बेवास्ता गरेका छन्।
कतारले आतंकवादलाई सहयोग पुर्यायो: ट्रम्प
कतारी नेतासंग ट्रम्पले के भने?
कतारले अरब राष्ट्रहरुसामु ‘आत्मसमर्पण’ नगर्ने
तर उनीहरुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कतारविरुद्ध उनीहरुको कदमको समर्थनमा कडा टिप्पणी गरेकोलाई स्वागत गरेका छन्।
राष्ट्रपति ट्रम्पले कतारले आतंकवादलाई आर्थिक सहयोग गरेको भन्ने साउदी दावीलाई समर्थन गरेका छन्। त्यस्तै आरोप साउदी स्वयंविरुद्ध पनि लाग्ने गरेका छन्।
कतार तथा साउदी दुवै देशले त्यस्ता आरोपको खण्डन गर्दै आएका छन्। BBC
http://ift.tt/eA8V8J

Post a Comment
Thanks.