जिब्रो तथा मुखमा घाउ आएर हैरान हुनुहुन्छ ? च्वाट्नै पार्न अपनाउनुहोस् यस्तो विधि

काठमाडौं । मुखमा साना बिबिरा, मसिना सेता खालका फोकाफोकी देखिएमा तपाँइलाई निकै सताउँछ होला। मुखभित्र, जिब्रो, गिजा, ओठलगायत मुखको कुनाकानी र कहिलेकाहीँ गालाको छेउसम्म पनि घाउ हुन्छ। यस्तो घाउ स-सानो एक वा धेरै मात्रामा आउन सक्छ।

त्यस्तै योे समस्या बढेर जटिल भई घाऊ ठूलो र गहिरो भएर खान बोल्नै नहुने किसिमको पनि हुन सक्छ । यसले गर्दा लगातार दुख्ने, पोल्ने,ज्वरो आउने, घाँटीको ग्रन्थि सुन्निने, दुख्ने समस्या पनि निम्तिन सक्छ।

जिब्रो तथा मुखमा घाउ आएर हैरान हुनुहुन्छ ? च्वाट्नै पार्न अपनाउनुहोस् यस्तो विधि
किन आउँछ मुखमा घाउ–खटिरा ?

खासगरी शरीरमा पोषणको कमी (भिटामिन बी, सी, आइरन, प्रोटिनलगायत भोजनमा रेसादार खानाको कमी आदि) ले मुखमा घाउ हुन्छ । यसरी नै दाँत नमाझ्ने, खाना खाएर कुल्ला नगर्ने जस्ता सरसफाइको कमी, पेटसम्बन्धी रोगहरू ९कब्जियत, ग्यास्ट्राइटिस वा अम्लपित्त, अपच आदि०, पानीको कमी भएमा पनि मुखभित्र खटिरा आउने गर्छ । त्यस्तै, खाद्य विषाक्तता, सुर्ती–पानमसला, मद्यपान र धूमपान गर्ने, ब्याक्टेरिया तथा फङ्गसको संक्रमण, बढी तातो र मसलाहरू वा बढी अम्ल भएको खानपान गर्दा मुखभित्र र वरपर घाउ आउने गर्छ ।

कसरी समाधान गर्ने ?

– मनतातो पानीमा फिटकिरी मिसाएर दिनमा ३ पटक कुल्ला गर्ने ।

– पानी प्रशस्त पिउने तर बढी चिसो वा तातो नपिउने

– हरियो सागपात तथा फलफूलहरु मजाले चपाएर खाने

– बढी चिल्लो नखाने

– हल्का उम्रेको गेडागुडी बिहान र बिहान खाने

– पानीमा तुलसीको पातको रस राखेर कुल्ला गर्ने

– बदाम भिजाएर खाने

– मह घाउमा लपक्क लगाउने

– निमको पात चपाउने वा निम मिलाइएको मन्जनले दाँत माझ्ने

– जिरा वा खयर चपाउने यसरी पनि निको नभए डाक्टरलाई देखाउन।

बारम्बार समस्या भैरहेमा वा बिभिन्न रोगको कारण पनि मुखमा घाउ आउन सक्ने भएकोले चिकित्सक समक्ष जाँच गराउनुपर्छ। तर मुखमा आएको घाउ कस्तो छ, किन आएको हो भन्ने कुरा रोगको इतिहास, व्यक्तिगत बानी व्यवहार, लक्षणका आधारमा विशेषज्ञसँग जाँच गराएर थाहा पाउन सकिन्छ। कतिपय अवस्थामा घाउको मासु वा पीप लगायत रगतको अन्य परीक्षणहरू पनि गर्नुपर्ने हुन्छ।

खासगरी यौनरोग, मुखको क्यान्सर वा कुनै संक्रमणको कारणले भएका घाउहरू जटिल हुन सक्छन् र औषधोपचार पनि आवश्यक हुन सक्छ । यसरी नै कारण अनुरूपको उपचारका लागि चिकित्सकको सल्लाह लिनुपर्छ।

Via: EverydayKhabar.com

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.