मर्नुभन्दा पहिला यी नाबालिकाले सुनाइन् अन्तिम इच्छा, बाबुआमाले आँसु थाम्नै सकेनन्

एजेन्सी । एक बालिकाले आफ्नो मृत्यु देखेर नै अन्तिम इच्छा परिवारलाई सुनाएकी छिन् । तर, नभन्दै ती ७ वर्षकी नाबालिकाको टाइफाइडका कारण ज्यान गयो ।
मर्नुभन्दा पहिला यी बालिकाले दुई जनाको अध्यारो जि़न्दगीमा खुसी ल्याएकी थिईन् । खबर अनुसार कृष्णबाग कलोनी निवासी सांईनाथ वाडेकरकी छोरी भाव्यालाई टाइफाइड रोग लाग्यो । भाव्याको उपचार थुप्रै अस्पतालमा गरियो तर कुनै फरक आएन् । अन्ततः टाइफाइडका कारण शुक्रबार भाव्याको मृत्यु भयो ।

पत्रकारहरुसँग कुराकानी गर्दै बालिकाका पिता सांईनाथ वाडेकरले भाव्यालाई टाइफाइड भएको भएको बताए । उपचारका लागि उनलाई भवन अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्यमा केही सुधार आएपछि दुई दिन पहिला बुधबार उनलाई अस्पतालले छुट्टी दिएको थियो । एक दिन बेलुका अचानक भाव्याको स्वास्थ्य अवस्था विग्रियो । त्यसपछि दोस्रो पटक जब भाव्यालाई उपचारका लागि अस्पताल लगियो ।

उपचारका लागि अस्पताल जाँदै गर्दा बाटोमा उनले आफ्ना बुवालाई भनेकी थिईन-‘बाबा यदि म यो संसारमा रहिन भने मेरा आँखा दान गरिदिनु ।’ उनले आफ्ना बाबुलाई आफ्नो यो सपना अनिवार्य पूरा गर्न आग्रह गरिन् । बावु वाडेकरले छोरीको कुरा सुनेर आँसु थाम्न सकेनन् । र छोरीलाई अंगालो हाल्दै त्यस्तो कुरा नगर भन्दै सम्झाए ।
वाडेकरका अनुसार भाव्यालाई जब अस्पतालमा लगेर उपचार थालियो तब डाक्टरले धेरै कोशिश गरे तर, उनलाई बचाउन सकिएन् । वाडेकरलाई छोरीको मृत्यु खबर डाक्टरले सुनाएपछि उनले तुरुन्त उनको आँखा कुनै अन्धो मान्छेलाई दान गर्ने फैसला गरे । भाव्याको आँखा अब दुई जना अन्धा मानिसलाई दिने तयारी अस्पतालले गरेको छ । सोमबार भाव्याका आँखा दुई जनालाई दान गर्न अप्रेशन गरिँदैछ । मरेर पनि अब भाव्याले आफ्ना आँखाबाट संसार देख्न पाउनेछिन् ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.