इलाममा ६४ हजार पर्यटक भित्रिए

इलाम, २८ जेठ । पर्यटकीय क्षेत्र इलाममा यो वर्ष ६४ हजार पर्यटक भित्रिएका छन् । पर्यटन सूचना केन्द्रका अनुसार गएको साउनदेखि वैशाखसम्ममा सो संख्याका पर्यटक भित्रिएका हुन् ।
अघिल्लो वर्ष भने जिल्लामा १४ हजार ८४० पर्यटक भित्रिएको सूचना केन्द्रको तथ्याङ्क छ । पश्चिमी जिल्लाका पर्यटकको रोजाइँमा इलाम पर्ने गरेको छ । त्योसँगै मोरङ, सुनसरी, झापालगायत तराईका जिल्लाबाट इलाम घुम्न आउने थुप्रै छन् ।

छिमेकीमूलुक भारतसहित संयुक्त राज्य अमेरिका, दक्षिण अफ्रिका, फ्रान्स, अर्जेन्टिना, क्यानाडा, ताइवानलगायतका देशबाट पर्यटक भित्रिएको उक्त केन्द्रका अधिकृत गगन घिमिरेले जानकारी दिनुभयो । ‘‘पछिल्लो वर्ष इलाम आउने पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ’’ उहाँले भन्नुभयोे ।

मौसम सफा हुने समयमा इलाममा धेरै पर्यटक भित्रिने गरेका छन् । कात्तिक, मङ्सिर र पुस महिनामा इलाममा धेरै पर्यटक आएका छन् । सूर्योदय अवलोकनको याम भएकाले सङ्ख्या यी तीन महिनामा धेरै छ । कात्तिकमा १६ हजार १४७, मङ्सिरमा २२ हजार ४६०, पुसमा १४ हजार ४७५ पर्यटक भित्रिएका थिए । अन्य महिनामा भने दुई सयदेखि तीन÷चार हजारसम्म पर्यटक आउने गरेका छन् ।

जिल्लाको पर्यटकीय गन्तव्यमा पुग्ने सडक स्तरोन्नतीमा राज्यले लगानी गरेपछि त्यसको निकै राम्रो प्रभाव पर्यटनमा परेको हो । जिल्लाका श्रीअन्तु, गजुरमुखी, सन्दकपुर, माइपोखरी, पशुपतिनगर, कन्याम, इलाम बजारलगायतका पर्यटकीयस्थलमा पर्यटकको चाप बढेको छ । सडक पहुँचको विकाससँगै पर्यटकीय क्षेत्रको मुहार पनि फेरिँदै गएको छ ।

सरकारले पर्यटकीय क्षेत्रमा अन्य भौतिक पूर्वाधारको विकासमा पनि ठूलो रकम खर्च गर्न थालेको छ । सम्भावनायुक्त पर्यटकीय क्षेत्रको सौन्दर्य बढाउन र अन्य पूर्वाधार विकासमा लगानी बढाएपछि इलाम आउने पर्यटक बढेको मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिका कार्यकारी निर्देशक केशव द्यौराली बताउनुहुन्छ ।
यहाँका पहाडको पर्यटकीय क्षेत्रमा पूर्वाधार बनाउन समितिले डेढदेखि दुई करोड रुपैयाँको हाराहारीमा बजेट खर्चेको छ । पर्यटन विकासमा निजी क्षेत्रको लगानी पनि बढ्दै गएको छ । इलामका पर्यटकीय क्षेत्रमा ठूलो लगानी गरेर होटल निर्माण हँुदैछन् । करोड भन्दा बढीको लगानीमा बनेका केही होटल सञ्चालनमा छन् भने जिल्लाको दर्जन बढी ठाउँमा अहिले पनि होटल निर्माण भएकाले पर्यटकलाई सहज भएको छ । etajakhabar

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.