मदिरासंग भुलेर पनि नखानुहोस् यस्ता खानेकुरा

एजेन्सी । मानिसहरु मदिरासंग जे मिल्छ त्यही खाने गर्छन् । तर, कुन चिजले के असर गर्छ भन्ने थाहा नै पाउँदैनन् । जुन चिजलाई मदिरासंग कहिलै पनि खानु हुँदैन ।

– करिब आधाजस्तो मानिसहरुले मदिरासंग ममफली वा फ्राई गरेको काजु खाना खाने गर्छन् । तर, यसरी खाँदा हाम्रो स्वास्थ्यलाई निकै असर पुर्याउने गर्छ । यसमा कोलेस्ट्रोलको मात्रा धेरै हुने गर्छ । जसले भोक लाग्न दिँदैन भने शरीरलाई भारी बनाउने गर्छ ।

– मदिरासंग सोडा वा कोल्ड ड्रिंक मिलाएर पनि खानु हुँदैन । किन कि यी दुवै चिजले शरीरमा पानीको मात्रा कम गर्छ । यसको बदलामा बरु जुस, पानी वा बरफ मिलाएर खान सकिन्छ ।

– मदिरा पिउँदा शरीरमा एसिडिटीको समस्या हुन्छ । त्यसकारण सन्याक्स खानबाट बच्नुहोस् ।

– धेरै जस्तो मानिसहरु मदिरासंग चिप्स खाने गर्छन् । यो चिज सस्तो र सजिलै पाउन सकिन्छ । तर, यसको प्रयोगपछि मानिसलाई तिर्खा लाग्छ र मानिस झन बढी मदिरा खान थाल्छ । यसले शरीरमा पानीको मात्रा पनि कम गर्ने गर्छ ।

– केही मानिस मदिरासंग दूधबाट बनेका उत्पादन दही, चीज या मक्खन आदि खाने गर्छन् । यी चिज पचाउन धेरै समय लाग्ने गर्छ । साथै पिज्जा वा पास्ता पनि यस्तै हुन्छ ।

– मदिरासंग गुलियो चिज पनि खानु हुँदैन । यसले मदिराको नशालाई दुई गुणा बढाउँछ । जसले गर्दा मानिस अनियन्त्रित हुन्छ ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.