आर्थिक स्थिति कमजोर भएका कारण मानव तस्करले देशभरका ७ हजारभन्दा बढी बालबालिका बेपत्ता पारेका छन्। यो खबर हामीले आजको कारोबारबाट लिएका हौ।
केन्द्रीय वालकल्याण समितिका कार्यकारी निर्देशक तारक धितालका अनुसार बालबालिका तथा किशोरकिशोरीलाई मानव तस्करले यौन शोषणमा समेत बाध्य पार्ने गरेको यसअघिका थुप्रै अनुसन्धानबाट खुलिसकेको छ।‘यसबाहेक घरेलु कामदार, प्रलोभन/उक्साहट तथा प्रतिशोधका कारण घरबाट हिँडेका बालबालिका फिर्ता नभएको देखिन्छ,’ उनले भने।
बालबालिका हराउँदा सूचना दिने तर फेला परेपछि जानकारी नदिँदा समेत बेपत्ता संख्या वृद्धि भएको उनले आशंका गरे। दुई वर्षअघि गएको भूकम्पका कारण घरवारबिहीन बालबालिका मानव तस्करको तारो बन्ने गरेको पाइएको छ । हराएका बालबालिकामध्ये धेरैजसो स्थलमार्ग हुँदै भारत पुर्याएको हुनसक्ने सरकारी अधिकारीहरूको आशंका छ।
http://ift.tt/eA8V8J

Post a Comment
Thanks.