छोरीले दिइन्, बाबुलाई दागबत्ति

मंगलसेन, जेठ २०– अछामको रामारोशन गाउँपालिकामा एक किशोरीले आफ्नो बुवालाई दागबत्ति दिएकी छन् । पुरुषले मात्रै दागबत्ति दिनुपर्छ र महिलाहरुले मलामी जान समेत नहुने सामाजिक मान्यतालाई तोड्दै रामारोशन–६ भटाकाटियाकी १४ वर्षीया दुर्पता बिकले आफ्ना बुवालाई दागबत्ति दिएकी हुन् ।

समाजका गन्य मान्य र आफन्तले समेत छोराहरु उपस्थित नभएको अवस्थामा अर्को ब्यक्तिलाई दागबत्ति दिन तयार गरेको अवस्थामा आफ्ना दाइहरुको सल्लाहमा बुवा कालुसिंह लुहारको दाहसंस्कारमा दुर्पताले दागबत्ती दिएकी स्थानीय पठानसिंह विकले जानकारी दिए ।

स्थानीय पुर्णचन्द्र माविमा कक्षा ७ मा अध्ययनरत दुर्पताका दुई जना दाइहरु रोजगारीको शिलशिलामा भारतमा रहेको र दाहसंस्कारमा आइनपुग्ने भएपछि बहिनीले नै दागबत्ति दिएकी हुन् । छोरीले दागबत्ती दिँदा राम्रो नहुने स्थानीयले बताए पनि कैलाशखोला नदीमै पुगेर दुर्पताले दागबत्ति दिएकी हुन् ।

दुर्पताका बुवा कालुसिंह लुहारको ६२ वर्षको उमेरमा उपचारका क्रममा शुक्रबार बयलपाटा अस्पतालमा निधन भएको थियो । अछाममा छोरीले दागबत्ती दिएको यो पहिलो घट्ना हो ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.