प्रभाससँग फिल्म खेल्न परिणितीले राखिन यस्तो सर्त

एजेन्सी, बलिउड फिल्म बाहुबली–२ ले आशातित सफलता प्राप्त गरेपछि यस फिल्मका नायक प्रभास अहिले निकै चर्चामा छन्। एकातिर उनको साथ काम गर्नका लागि बलिउडका कतिपय नायिकाहरु मरिहत्ते गरिरहेका छन् भने अर्कातिर उनको आगामी फिल्म साहोका लागि कुनै पनि बलिउड अभिनेत्रीहरु भेटिइएका छैनन्।

प्रभास छिट्टै नै फिल्म साहोको सुटिङ शुरू गर्दै छन्। तर उनले यस फिल्मका लागि कुनै पनि नायिका पाइरहेका छैनन्। प्रभासको फिल्म साहोको टिजर केही दिनअघि युट््युबमा सार्वजनिक गरिएको थियो। जसलाई दर्शकले निकै मन पराएका छन््।

फिल्ममा प्रभासको क्यारेक्टर बाहुबली–२ मा भन्दा निकै फरक रहेको छ। यस फिल्मका लागि फिल्म मेकर कुनै बलिउड नायिकालाई साइन गराउन चाहन्छन्, तर कुरा बन्दा बन्दै बिग्रिरहेको छ। सूत्रलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनानएअनुसार फिल्मका लागि सबैभन्दा पहिले नायिका श्रद्धा कपुरसँग कुरा गरिएको थियो।

तर उनले आफ्नो पारिश्रमिक यति बढाइन् कि फिल्म मेकर नै दंग परेको समाचारमा उल्लेख गरिएको छ। श्रद्धाको पारिश्रमिक सुनेपछि कट्रिना कैफ, पूजा हेडगे तथा दिशा पटानीसँग पनि फिल्मको कुरा भयो तर मामला अघि बढेन।

पछिल्लो खबरअनुसार साहोका निर्माताले नायिका परिणिती चोपडासँग फिल्मको लागि कुरा अगाडि बढाउँदै छन्। परिणितीलाई फिल्मको स्क्रिप्ट त मन पयो, तर उनले फिल्म निर्मातासमक्ष एक सर्त राखेकी छिन्।

यो फिल्ममा कुनै पनि बलिउड नायिकाले अभिनय नगर्नुको केवल एक कारण फिल्म तामिल भाषाको हो। परिणितीको सर्त छ कि यो फिल्म हिन्दी भाषामा पनि रिलिज हुनुपर्छ। किनभने उनलाई साउथ एक्ट्रेसको लेभल चाहिएको छैन। अब फिल्मलाई दुवै भाषामा रिलिज गर्ने कि हिरोइन फेर्ने यो त समयले नै बताउँछ। नेपाल समाचारपत्रबाट

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.