यी हुन पेट छुट्याइएका जुमल्याहा दिदीबहिनी

एजेन्सी – किंडरगार्टेनको पहिलो दिन सम्भवत सबै बालबालिकाका लागि अनौठो र रमाईलो क्षण हो । पहिलो दिनले बालबालिकालार्य नयाँ अनुभव दिन्छ । तर जोडिएका जुमल्याहाका लागि भने विद्यालयको पहिलो दिन कोशेढुंगा सावित भएको छ । चार वर्षीय रोसी र रुबी फरमोसा जन्मदै पेट जोडिएको थियो । एउटाका आन्द्रा अर्काको शरिरमा जोडिएका थिए ।

चार वर्षअघि उनीहरुको जन्म भएको थियो । जन्मदम उनीहरुको पेट जोडिएको थियो । तर एउटा चमत्कारिक शल्यक्रियामार्फत दुई शिशुलाई छुट्टाइएको थियो

दक्षिणपूर्वी बेलायतमा बसोबास गर्ने यी जुम्ल्याहा दिदीबहिनीको स्कुल गएको पहिलो दिनको तस्बिरलाई अस्पताल, विद्यालय र परिवारले अद्भुत मानेको छ । विद्यालय पोसाकमा सजिएका उनीहरुलाई निकै आर्कषक देखिन्छन् । उनीहरु विद्यालय जान निकै उत्सुक हुने गरेको आमा एंजेला फरमोसाले बीबीसीलाई भनिन् । स्वास्थ्य खबरपत्रिकाले छापेको छ ।

‘म गर्भवती हुँदा उनीहरुको विद्यालयको पहिलो दिनबारे मैले कहिल्यै सोचेकी थिइन । तर उनीहरु बिद्यालय जाँदाको अवस्था निकै अनौठो थियो । उनीहरुलाई छुट्टाइदिने अस्पतालप्रति विशेष आभारी छु ,’ उनले भनिन् । अस्पतालका बाल चिकित्सक प्रं पाओलो डी कोपीले जुमल्याहा शिशु विद्यालय जाँदा आफू हर्षले विभोर भएको बताए । ‘अभिभावकको प्रगति भएको देख्दा निकै खुसी लाग्छ । उनीहरुको प्रगतिले हामी स्वंयम पुरस्किृत भएको महशुस हुन्छ’, उनले भने ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.