पक्राउ पर्ने पैदलयात्रीले ट्राफिकलाई सोधे, ‘जेब्रा क्रसिङ खै त ?’

काठमाडौं, जेठ १७ । ट्राफिक प्रहरी महाशाखाले पछिल्लो मंगलबार मात्रै ३ हजार भन्दा बढी यात्रुलाई जथाभावी सडक काटेको भन्दै पक्राउ गर्यो । काठमाडौं उपत्याकामा मात्रै एकै दिनमा ट्राफिक प्रहरीले ३ हजार ३ सय ५० जनालाई नियन्त्रणमा लिइ त्यसलाई आफ्नो उपलब्धि ठान्यो ।

रोचक त के भयो भने जथाभावी बाटो काट्ने थुप्रै यात्रुहरु जरिवाना तिर्न तयार नै भएनन् । ट्राफिक प्रहरीले जरिवाना नतिर्ने १ हजार २ सय २८ यात्रुलाई प्रहरीले ३ घण्टा नियन्त्रणमा राखेर आधा घण्टा सचेतनामुलक कक्षा दियो ।

मंगलबार ट्राफिक प्रहरीको कार्यालयमा यात्रु र प्रहरीको त्यो आधा घण्टाको अन्तरक्रिया अनौठो थियो । सचेतना कक्षा दिन नियन्त्रणमा लिइएका अधिकांश यात्रुहरुले प्रहरीलाई नै र्याख्र्याख्ती पारे ।

‘नियम बनाउनुअघि जेब्रा क्रसिङ देखिने गरी ठिक ठाउँमा राख्नुपथ्र्यो नी,’ नियन्त्रणमा रहेका एक यात्रुले भने, ‘यो त सर्वसाधारणलाई दुख दिने तरिका मात्रै भयो ।’

सचेतना कक्षाकै क्रममा अर्का यात्रुले सोधे, ‘जेब्रा क्रसिङ चाहीँ खै त ? नियम बनाएर मात्रै हुन्छ ?’

धेरै जसो यात्रुहरुको आशय यस्तै थियो । प्रहरीको नियन्त्रणबाट निस्किनुअघि उनीहरुले यस्ता थुप्रै सरकारी नियमको खिल्ली नै उडाए । ‘हर्न बजाउन नपाइने’, ‘सार्वजनिक स्थलमा धुम्रपान सेवन गर्न नपाइने’ जस्ता थुप्रै नियम जस्तै ‘जथाावी बाटो काट्न नपाइने’ नियम पनि ‘२–४ दिनको रहर मात्रै’ भनेर प्रहरीकै खिल्ली उडाए ।

यस्ता नियम लागु गर्नुअघि त्यसका लागि आधारभुत सुविधा आम उपभोक्तालइ दिनुपर्ने धेरै यात्रुको गुनासो थियो । ट्राफिक प्रहरीले भने जेब्रा क्रशिङ देखिने गरी राख्ने सडक विभागको काम भएको भन्दै त्यसका लागि आफूहरुले आग्रह गर्ने जवाफ दियो ।

ट्राफिक प्रहरी महाशाखाले पछिल्लो साता मात्रै जथाभावी बाटो काट्ने यात्रुलाई २ सय जरिवाना तिर्न लगाउने भनी नियम बनाएको छ । प्रहरीका अनुसार यो जनचेतनामुलक कार्यक्रम नै हो ।

स्मरणीय के छ भने, सरकारी निकायबाट विभिन्न समयमा बनाइएका यस्ता नियम अति कम प्रभावकारी भएका छन् । सम्बन्धित निकायबाट निगरानी नहुने र सर्वसाधारणले पनि पालना नगरेका थुप्रै उदाहरण छन् । – नेपाली पत्र

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.