नुवाकोट मेघाङका सलिन तामाङलाई बचाउन आर्थीक सहयोगको अपिल

परदेशी खबर/ जुन ११, कुवेत , नुवाकोटको मेघाङ गाउँपालिका वडा नं. ३ साविक देउराली वडा नं. ६ बस्ने खम्बा तामाङको नाति जगत बहादुर तामाङको छोरा सलिन तामाङको आन्द्रामा क्यान्सर भएको छ। २१ वर्षको सलिन तामाङ कलिलो उमेरमा आन्द्रमा घाउ भएको कारणले अहिले क्यान्सर भएको हो। हाल उनि काठमाडौ स्थित ग्राण्डी अस्पतालमा एक महिना देखि उपचारारत छन् । उनको उपचारको लागि आठ देखि दश (८-१०) लाख सम्म लाग्ने डाक्टरले बताएको छन् । सामान्य परिवारमा जन्मेका सलिन यत्रो खर्च गरेर उपचार गराउन सक्ने स्थिती नभएपछी देश विदेशमा रहेका नेपाली दाजुभाइ दिदिबहिनिहरुलाइ उनले नयाँ जीवन दिन आर्थिक सहयोगको अपिल गरेका हुन।

http://ift.tt/2roTw4v

गरिबी नै काल बनिरहेको बेला उनलाई नयाँ जीवन दिनको लागि परदेशी खबर डट कमकि साइप्रस स्थित संवाददाता माया लोप्चनले सलिन बचाउ अभियान सुरु गरिरहेकी छिन। उनी भन्छिन “नेपालमा बेरोजगारी र गरिबीको कारण यस्ता ठुला रोगहरुको उपचार गर्न आर्थिक जुटाउन नसकेको कारण बार्षिक सयौँको ज्यान गइरहेको हुन्छ। त्यसमा कतिपय त देश विदेशमाट आर्थिक संकलन गरेर पनि बचाइरहेको छ। म आफै पनि यस्ता धेरै बचाउ अभियानमा सरिक हुँदै आएकी छु। गत साल पनि हामिले विश्वको विभिन्न देशहरुमा रहेका नेपाली

http://ift.tt/2s8CVyIदाजुभाइहरुसंग सहकार्य गर्दै मन्जुमाया बचाउ अभियान सफल रुपले संञ्चालन गरिसकेका छौँ। फेरि यो पटक पनि म सबै हाम्रो टिमका साथिहरु र देशविदेशमा रहेर श्रम गरिरहनुभएका नेपाली दाजुभाइ दिदिबहिनिहरुसंग अपिल गर्दछु कि सलिन तामाङलाई पनि हामी नयाँ जीवन दिऔँ। त्यसको लागि तपाइको क्षेत्रबाट जे जति हुन सक्छ कृपया सहयोग गरि दिनुहोस। त्यसका लागि तल दिइएका ब्यक्तिहरुलाई अथवा मलाई नै सम्पर्क गर्न सक्नुहुनेछ। बिरामी संग सिधा सम्पर्क समेत गर्न सक्नुहुनेछ।”

http://ift.tt/2rpiuk3

सम्पर्कको लागि !
बिरामीको नंम्बर(सलिन) : ००९७७९८०८८३६५२१

माया लोप्चन तामाङ “साईप्रस” : ००३५७९६९२२०६१
जगत ब्लेन्देन तामाङ “साउदी” : ००९६६५३१६५५३२९
गणेश ब्लेन्देन तामाङ “कतार ” : ००९७४५०६२३९५३
धिरेन तामाङ “कतार” : ००९७४६६०६५१००

प्रभु बैंक गोङ्गबु शाखा
बैंक खाता वालाको नाम : सलिन तामाङ
बैंक खाता नंम्बर : ०४२०१०००८९९९८००००००१

source: pardeshikhabar.com

http://ift.tt/2roTw4v
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.