ट्याटु बनाएर पौडी खेल्न जाँदा यस्तो भयानक मृत्यु

एजेन्सी
जेठ १८ – स्प्यानिश मूलका एक व्यक्तिका लागि ट्याटु बनाएर पौडी खेल्न जानु घातक साबित भयो । पौडी खेल्दा यी व्यक्तिलाई घातक संक्रमण भयो । ट्याटु बनाएको स्थानबाट पूरा शरिरभरी संक्रमण फैलँदा ३१ वर्षका यी व्यक्तिको निकै भयानक मृत्यु भयो ।

डेली मेलको रिपोर्ट अनुसार ट्याटु बनाउने व्यक्तिले उनलाई दुई हप्तासम्म पौडी खेल्न नहुने चेतावनी पनि लिएका छन् । दायाँ पिँडौलामा धार्मिक क्रस बनाएको पाँच दिनमा नै उनी गल्फ अफ मेक्सीकोको तातो पानीमा नुहाउन पनि पुगे ।

ट्याटु बनाउँदाको घाउ ताजा नै थियो । समुन्द्रको पानीमा उक्त घाउ मासु खाने ब्याक्टेरियाबाट संक्रमित भयो । उनको स्थिती यति नाजुक भयो कि उनको अन्ततः मृत्यु नै भयो । अस्पताल भर्ना गरेको २४ घण्टाभित्र नै उनको स्थिती नाजुक हुँदा उनलाई लाइफ सपोर्ट सिस्टममा राख्नुपर्यो । उनको शरिरको मासु बिस्तारै कुहिँदो स्थितीमा भएकाले पनि स्थिती अझै खराब भयो ।

यद्यपी, दुई हप्ता अस्पतालमा बसेपछि उनको स्वास्थ्यमा सुधार आएको थियो । डाक्टरले पनि उनलाई घर पठाउने बारे कुराकानी गरिरहेका थिए तर मासु कुहिने समस्याका कारण उनको दुबै मृगौला खराब भयो । अन्त्यमा अस्पतालमा भर्ना भएको दुई महिनापछि यी व्यक्तिको मृत्यु भयो ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.