सेनाको हेलिकप्टर दुर्घटना, तेह्रको मृत्यु

अङ्कारा, १८ जेठ । टर्कीको सिनाक प्रदेशमा बुधबार अवेर राती टर्की सेनाको हेलिकप्टर दुर्घटना भएको छ । सो दुर्घटनामा परी १३ जना सैनिकले ज्यान गुमाएका छन् । सिर्नाक प्रदेशको सेनोबाबाट १३ जना सैनिकलाई लिएर उडेको हेलिकोप्टर दुर्घटनामा परेको सेनाद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।स्थानीय समयाअनुसार बुधबार २०ः५५ राती बजे उडेको केही समयमै ‘हाइभोल्टेज’का कारण हेलिकोप्टर दुर्घटना भएको विज्ञप्तिमा उल्लेख छ ।

टर्कीका रक्षा मन्त्री फिक्रि इसिक दुर्घटनाका बारेमा बुझ्न घटनास्थलमा पुग्नु भएको छ ।सेनोबा जिल्लाको नजिकै टर्की र इराकको सिमानामा दुर्घटना भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।दुर्घटनाका बारेमा विस्तृत विवरणको प्राप्त गर्नको लागि अनुसन्धान टोली घटनास्थलमा पठाइ सकिएको बताइएको छ ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.