जोश र जवानीमा श्रीमतिभन्दा मै कान्छो छुः राजेश हमाल-(भिडियो सहित)

नेपाली चलचित्र क्षेत्रका चर्चित नायक राजेश हमाल जुनसुकै बिषयमा पनि कुरा गर्न माहिर छन् । राजनीतिकदेखि रमाइलो गफ गर्न हमाललाई कमैले मात्र भेट्छन् ।अनलाइनखबरसँग ‘मस्ती टक’ गर्ने क्रममा हमालले पारिवारिक बिषय, वैवाहिक जीवनमा बिषयमा खुलेरै कुरा गरे । निकै रमाइलो शैलीमा प्रस्तुत भएका हमालले आफू अब बैबाहिक जीवनको बिषयमा पुरानो हुन थालेको बताए । हमालले वैवाहिक जीवनमा खुशी दिन दुई गुणा रात चार गुणा बढेको बताए । हमालका अनुसार उनी सामाजिक संजालमा अहिले केही बढी सक्रिय देखिएका छन् ।

आखिर, कारण के त, हमालले भने-‘चलचित्र कम खेल्न थालेपनि म विदेश र अन्य कार्यक्रममा बढी पुग्ने गर्छु । त्यसैले घरमा बसेको बेलामा मधुले फोटो खिचिदिन्छु भन्छिन् ।’

हमालले आफू विदेशमा पुगेर जीवन संचालन गर्ने पक्षमा नभएको बताए । तर, आफू विदेशमा गएर जीवन संचालन गर्ने कलाकारको विरोधमा नभएको पनि उनले स्पष्ट पारे । उनले आफू विदेश जाने दरो क्यान्डिकेट हुनुपर्ने हो भन्दै नेपाली चलचित्र र समाजको अभिन्न अंग भएकाले पनि भन्दै देशलाई छाडेर जान मन नलाग्ने पनि बताए ।

श्रीमान् र श्रीमतिको उमेरमा केही फरक हुँदा के फाइदा र के वेफाइदा होला ? राजेश हमालले रमाइलो तरिकाले यसको जवाफ दिए । उनले लोग्ने मान्छेको उमेर बढी हुँदा स्वास्नीलाई फाइदा हुने बताए । लोग्ने बढी परिपक्क हुँदा केटा र केटीको सम्बन्धको बारेमा वुझ्ने र त्यसको कदर गर्ने हमालको भनाई छ ।

हमालले मस्ती गफमा भने-‘अब मेरो व्यक्तिगत कुरा सोध्नु हुन्छ भने त, नम्बर मात्र फरक हो । जोश, जवानीमा त अझ म कान्छो छु । कहिलेकाही मधुले मलाई कतै म तपाइको अगाडि बुढी त भइन् भनेर सोध्छिन् । तपाइहरु मलाई वुढो भयो भनेर भन्नुहुन्छ ।’

हमालले अगाडि भने-‘जसरी घाम पश्चिमबाट उदाउँदैन, त्यसरी नै राजेश हमाल कहिल्यै वुढो हुँदैन । यो त असम्भव कुरा भयो नी ।’

हमालले आफूहरुको वैवाहिक जीवन एकदमै राम्रोसँग अगाडि बढेको भन्दै मधुसँग निकै खुशी भएको पनि स्पष्ट पारे । आफू विदेशमा गएको समयमा मधुसँग भाइवरमा कुरा भएपनि १ मिनेट नबोल्दै कुरा सकिने हमालले खुलाए । उनले रोमान्टिक कुरा गर्दै भने-‘जब मनमै रोमान्स छ भने, मनमै रोमान्स छ भने, बोलिराख्न पर्दैन नि । शब्दमा व्यक्त गर्नेहरु त अन रोमान्टिक हुन्छन् । हामीले त आइ लभ यू नै भन्नु पर्दैन । हावामा नै रोमान्स हुन्छ ।’

हमालले विदेशबाट आउँदा पहिला-पहिला श्रीमतिका लागि कपडा ल्याइदिने गरेको भन्दै अहिले ल्याउन छाडेको बताए । हमाललाई आइमाई मान्छेहरु ‘किचकिचे’ हुन्छन् भन्ने लागेको छ । यसैले, अहिले मधु आफैलाई सपिङ गर्न भन्ने गरेको उनले सुनाए ।

अब बाबु कहिले बन्ने त भन्ने प्रश्नमा हमालले हाँस्दै भने-‘म आफै त अहिले वच्चा छु । अब बच्चालाई वच्चा जन्मा भन्न कसरि मिल्यो र होइन ?’ तर, उनले सन्तानको बिषयमा मधु र आफू गम्भिर भएको समेत स्पष्ट पारे ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.