प्लास्टिकका पोकामा सय बढी शव, तनावमा शिक्षण अस्पताल

१९ जेठ, काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जअन्तर्गतको फरेन्सिक मेडिसिन विभागका प्रमुख प्रा.डा प्रमोदकुमार श्रेष्ठ निकै चिन्तित देखिन्छन् । उनको चिन्ता ज्युँदो मानिसप्रति भन्दा मृतकको शवप्रति केन्द्रित छ ।

फरेन्सिक विभागअन्तर्गतको ल्याबमा दुई वर्षअघि देखि सनाखत हुन नसकेर अलपत्र अवस्थामा रहेका सयभन्दा बढी शव कहाँ र कसरी तह लगाउने भन्ने विषयमा उनी चिन्तित छन् । ‘सरकारले लिनुपर्ने चिन्ता मैले लिनुपरेको छ,’ उनले गुनासो गरे ।

‘दिनैपिच्छे बढ्दो सडक दुर्घटना र आत्महत्याका कारण पोस्टमार्टम गर्न ल्याउने शवको संख्या बढिरहेको छ । जुन मृतकको कोही छैन, त्यस्ता शवहरुको चाङ छ ल्याबमा,’ विभागीय प्रमुख प्रा.डा. श्रेष्ठले भने ।

उनका अनुसार सो ल्याबमा पोस्टमार्टमपछि भण्डारण गरिएका शवको संख्या अहिले सयभन्दा बढी छ । १२ वैशाख ०७२ को शक्तिशाली भूकम्पमा परी मृत्यु भएर पोस्टमार्टम गरिसकिएका ३० भन्दा बढी शव अझै त्यहाँ छन् । आजको राजधानी दैनिकमा खबर छ ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.