सुमधुर पारिवारीक समन्धको लागि पालन गर्नुस यी बास्तु नियम

यदी श्रीमान श्रीमतीबीचको सम्बन्धमा तनाव छ भने यसमा तपाईहरुबीचको सम्बन्धले मात्र काम गरेको हुदैन ।
दुईजनाबीचको असमझदारीका कारण यस्ता समस्या आउनुको एउटा प्रमुख कारणमा वास्तु दोष पनि रहेको बताइन्छ । जसको हलका लागि तपाईले वास्तुका नियमलाई पालन गर्नुपर्ने हुन्छ ।

बेडरुम लोकेसन
बेडरुम सधैं दक्षिण पश्चिम वा उत्तर पश्चिम दिशातर्फ हुनुपर्छ । यसले पार्टनरबिच माया र एक अर्कालाई बुझ्ने क्षमताको विकास गर्दछ । उत्तर पूर्व र दक्षिण पूर्ण दिशामा रहेको कोठालाई कुनै पनि हालतमा बेडरुम बनाउनु हुँदैन ।

सुत्ने दिशाको छनोट
विवाहित जोडीले जहिले पनि दक्षिणतर्फ टाउको देखाएर सुत्नुपर्छ । दक्षिणतर्फबाट प्रवाह हुने सकारात्मक चुम्बकीय ऊर्जा निन्द्रा र रक्त संचारमा बाधा नपुर्याईसजिलै शरिरमा प्रवेश गर्दछ ।

बेडको अगाडि ऐना
वास्तुका अनुसार बेडरुममा ऐना बेडको ठिक अगाडि नराख्नुहोस् ता कि सुत्नेबेला कसैको प्रतिबिम्ब ऐनामा नदेखियोस् ।

कस्तो बेडको प्रयोग गर्ने ?
विवाहित जोडी सुत्ने बेड कहिले पनि मेटल र फलामको हुनुहुँदैन । जोडीबिचको तनाव कम गर्न काठको बेड प्रयोग गर्नुहोस् । बेड नियमित आकारको हुन आवश्यक छ ।

सुत्ने कोठाको रंग
बेडरुममा सधैं हल्का रङको प्रयोग गर्नुहोस् जस्तै हल्का निलो, हल्का हरियो, गुलाबी ।

को कुन साइडमा सुत्ने
श्रीमती जहिले पनि बायाँ साइडमा सुत्नुपर्छ भने श्रीमान् भने दायाँ पट्टी सुत्नुपर्छ । यसले दुईजनाबिच निकै सुमधुर सम्बन्ध कायम गर्न सहयोग गर्दछ ।

दुइवटा डस्नाको प्रयोग नगर्नुहोस्
डबल बेडमा एउटा मात्र म्याट्रेस प्रयोग गर्नुहोस् । विवाहित जोडीले डबल म्याट्रेस प्रयोग गर्नबाट जोगिनुपर्छ । यसले विवाहित जोडिमा सकारात्मकता फैलाउन सहयोग गर्दछ ।लोकान्तर बाट साभार

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.