के नायिका रेखा थापाले आर्यन सिग्देल संग बिहे गरेकै हुन् त? यस्तो छ वास्तविकता।

काठमाडौं – १० वर्षे बैबाहिक सम्बन्ध टुङ्गाएर नायिका रेखा थापा अहिले एक्लो जीवनको रथ हाकिरहेकी छिन् भने नायक आर्यन सिग्देल श्रीमति सपना भण्डारीसँग बैबाहिक सम्बन्धको डोरीलाई अझ कसिलो बनाउँदैछन् । यस्तैमा नायक आर्यनले नायिका रेखा थापाको सिउँदो सिन्दुरले भरिदिएका छन् । के आर्यनले दोस्रो विवाह गरेका हुन् ? कतै सपनालाई धोका दिएर आर्यनले रेखासँग विवाह गरेका त होइनन् ? तपाईको मनमा सायद यी कुराहरु उब्जिरहेका होलान् । धेरैले त अनुमान पनि लगाइसक्नु भयो होला कि आर्यनले रेखाको सिउँदो रियलमा भरेका होइनन् । हो, आर्यनले श्रीमति सपना भण्डारीलाई धोका दिएर रियलमै नायिका रेखा थापालाई आफ्नी दुलही बनेका होइनन् ।

सात वर्षपछि पानीबाराबारको सम्बन्धलाई चोखो बनाएर अहिले एउटै अंगालोमा बाँधिदै नायक आर्यन सिग्देल र नायिका रेखा थापा फिल्म ‘रुद्र प्रिया’ मा रोमान्स गरिरहेका छन् । बन्दीपूरमा छायांकन भैरहेको फिल्म ‘रुद्र प्रिया’ को एक सिनमा नायक आर्यन सिग्देलले नायिका रेखा थापाको सिउँदो भरेका हुन् । अहिले यो तश्वीर सामाजिक सञ्जालमा खुबै भाइरल बनिरहेको छ । लगातार खस्कदै गएको आफ्नो स्टारडम जोगाउनका लागि पनि रेखा र आर्यन सात वर्षपछि एउटै फिल्ममा काम गरेको चर्चाले अहिले सिनेवृतमा छुट्टै रौनकता ल्याएको छ । ४० दिनसम्म खिचिने यो फिल्मको छायांकन बन्दीपूर, पोखरा, जिरी लगायतका स्थानहरुमा हुनेछ । फिल्मका गीतमा अर्जुन पोख्रेल, राजनराज सिवाकोटी र सुरेश अधिकारीको संगीत रहेको छ भने कविराज गहतराजको कोरियोग्राफी रहनेछ ।

‘रुद्र प्रिया’ का निर्देशक ‘माला’ फिल्मका निर्देशक सुदीप भूपाल सिंह हुन् । आमा सरस्वती थापा निर्माता रहेको फिल्म ‘रुद्र प्रिया’ मा रमेश पौडेलले लगानीमा रेखाले पनि साथ दिएकी छिन् । ‘रुद्र प्रिया’ पनि नारीप्रधान फिल्म हुने रेखाले जनाएकी छन् । फिल्मका सिनेम्याट्रोग्राफर सञ्जय लामा हुन् । फिल्मको रिलिज कार्तिक २ गते लक्ष्मी पुजालाई लक गरिएको छ ।
फिल्मीखबरबाट

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.