‘द कपिल शर्मा शो’ बाट अलग्गिएका सुनील ग्रोवरलाई सलमान खानको साथ मिलेको छ। सलमान खानको फिल्म ‘ट्युबलाइट’ ले सुनीलको करियरमा पनि उज्यालो दिने भएको छ।
सलमानले आगामी इदमा रिलीज हुने फिल्म ‘ट्युबलाइट’ को महाएपिसोड लिएर आउने भएका छन्। यो कार्यक्रम सोनी च्यानलबाट प्रशारण हुनेछ। यो शोमा सुनील ग्रोवर र अली अस्गर हुने निश्चित भएको छ। सुनील यो शोमा डाक्टर महसुर गुलाटीकै भूमिकामा देखिनेछन्।
सुनील ग्रोवरको सहयोगमा सोनी च्यानलबाटै गर्न आफ्नो फिल्मको प्रचार चाहेका सलमानले यसका लागि विशेष तयारी गरेको बताइएको छ।
सोनीले सलमानलाई ‘द कपिल शर्मा शो’ मा ल्याउनुको साटो सुनीलसँग नयाँ शो बनाउने निर्णय गरेको हो।
http://ift.tt/eA8V8J

Post a Comment
Thanks.