महिला फ्यान जबरजस्ती अमिताभको कोठामा छिरेर सारी खोल्न थालेपछि….

असार ३ । एक महिला फ्यानले एक समय अभिनेता अमिताभ वच्चनलाई ठूलो समयस्यामा पारिन् । अमिताभ कुनै फिल्मको सुटिङको लागि बाहिर गएका थिए । जब सुटिङ पछि उनी आफ्नो कोठामा फर्किए तब उनले त्यहाँ एकजना केटी आफ्नो पर्खाइमा बसेको देखे ।

अमिताभले शालीनतापूर्वक ती युवतीलाई आफू एकदमै थाकेको र आराम गर्न चाहेको बताए । तर, ती युवती अमिताभलाई मोहित बनाउनतिर लागिन् । उसले आफूले अमिताभलाई उकदमै माया गर्ने बताउन थालिन् । ती युवतीको प्रेम प्रस्ताव सुनेर बीग बी हैरान भए । उनले ती युवतीलाई त्यहाँबाट निस्किन भने तर ती युवती जान तैयार भइनन् । उल्टै भित्रबाट ढोका बन्द गर्न थालिन् ।

यतिमात्र होइन उनी अमिताभलाई ब्ल्याकमेल गर्न थालिन् । उसले आफ्नो सारी अमिताभकै अघि खोलिन् । यति गरेर आफ्नो कुरा नमाने चिच्याउने धम्की दिइन् । ती युवतीको धम्की पछि अमिताभ एकछिन शान्त भएर कुरा गर्न थाले । एकछिन पछि उनले चिया मगाउनका लागि फोन गरे । युवतीले कसैलाई नबोलाउन फेरि पनि धम्की दिइन् ।

जब चिया बोकेर आएका वेटरले ढोका ढक्ढक्याए । ढोका खोल्न गएका अमिताभको पछिपछि आइन् । अमिताभले त्यसपछि उनलाई पाखुरामा समातेर बाहिर पठाएर ढोका बन्द गरे । ती युवतीलाई बाहिर पठाएपछि अमिताभले रिसेप्सनिस्टलाई फोन गरेर ती युवतीले आफूलाई दुःख दिइरहेको बताए । त्यसपछि होटलका कर्मचारीहरु आएर ती युवतीलाई त्यहाँबाट निकालेका थिए ।
— एजेन्सी

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.