काठमाडौँदेखि चीनको केरुङसम्म करिब चार घण्टामा पुगिने र एउटा पनि घुम्ती नहुने सडक चाँडै खुल्दैं, हुनेछ भारतलाई चुनौती

काठमाडौँ, ३ असार । काठमाडौँलाई चीनसँग सडक सञ्जालले जोड्ने सबैभन्दा छोटो मार्ग काठमाडौँ–रसुवागढी सडक (१२२ किमी) पूर्ण रुपमा छिट्टै सञ्चालनमा आउने भएको छ । उच्च रणनीतिक महत्वको गल्छी–बेत्रावती–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडकखण्डमध्ये मैलुङ–स्याफ्रुबेँसी सडक (१७ किलोमिटर) को ट्र्याक खोल्ने काम नेपाली सेनाले यही असारको अन्तिम सातासम्ममा पूरा गर्दैछ । ट्र्याक खुलेपछि नेपाल चीनसँग छोटो दूरीको सडक सञ्जालले जोडिने छ । बहुचर्चित एवम् बहुप्रतिक्षित सो मार्ग पूर्ण रुपमा सञ्चालनमा आएपछि काठमाडौँदेखि चीनको केरुङसम्म करिब चार घण्टामा पुग्न सकिन्छ ।

नेपाली सेना, विकास निर्माण निर्देशनालयका निर्देशक सहायक रथी उद्धव विष्टले मैलुङ–स्याफ्रुबेँसी सडकको ट्र्याक खोल्ने काम अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । सरकारले सेनालाई सुम्पिएको समयसीमाभित्रै सो सडकको ट्र्याक खुलाउने काम सम्पन्न हुन लागेको हो । सो सडक नौ मिटर फराकिलो र डबल लेनको हुनेछ र त्यसमा एउटा पनि घुम्ती हुने छैन ।

सो सडकखण्डअन्तर्गत पहिलो चरणमा सात किलोमिटर तत्कालीन अर्थमन्त्री डा रामशरण महत, राष्ट्रिय योजना आयोगका तत्कालीन उपाध्यक्ष प्रा डा गोविन्द पोखरेल र नेपाली सेनाका तत्कालीन प्रधानसेनापति गौरवशम्शेर जबराले विसं २०७१ माघ ९ गते संयुक्त रुपमा शिलान्यास गर्नुभएको थियो ।

मैलुङ–स्याफ्रुबेँसी सडक निर्माण सम्पन्न भएपछि गल्छीदेखि रसुवागढीसम्मको दूरी ८४ किलोमिटर मात्र हुने छ । अर्कोतर्फ गल्छी–बेत्रावती–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडकखण्डलाई पनि छोटो बनाउने छ । यसको निर्माणले बेत्रावतीबाट राम्चे हुँदै धुन्चे नगई सिधै मैलुङ हुँदै स्यापु्रmबेँसी पुग्न सकिने छ । व्यवस्थापिका संसद्, विकास समितिका सभापति रवीन्द्र अधिकारीले उत्तर–दक्षिण जोड्ने ‘लाइफ लाइन’का रुपमा रहेका काठमाडौँ–रसुवागढी रणनीतिक सडकको निर्माण कार्य छिटो भन्दा छिटो सम्पन्न गरेर यसको पूर्ण सञ्चालनमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले नेपाली सेनाले मैलुङ–स्याफ्रुबेँसी सडकको ट्र्याक खुलाउन गरिरहेको काम प्रशंसनीय रहेको चर्चा गर्दै विकास समितिले सेनाका कामलाई साथ र सहयोग गर्न तीन पटकसम्म त्यसको स्थलगत अध्ययन गरेको जानकारी दिनुभयो ।

काठमाडौँ–गल्छी–बेत्रावती ७५, बेत्रावती–धुन्चे–स्याफ्रुबेँसी ५४ र स्याफ्रुबेँसी–रसुवागढी १६ गरी यो सडक कुल १४५ किलोमिटरको छ । बेत्रावतीदेखि धुन्चे हुँदै स्याफ्रुबेँसी सडकमा उकालो र ओरालो हुँदै ३५ वटा कठीन घुम्ति पार गर्नुपर्छ । राम्चे र मूलखर्कमा सुख्खा र वर्षात् दुवै समयमा आउने पहिरोले यातायात आगावमनमा कठिनाइ हुने गरेका छन् । सो सडक बनेपछि बेत्रावतीदेखि मैलुङ हुँदै स्याफ्रुबेँसीसम्मको दूरी जम्मा ३१ किमी हुनेछ । नेपाली सेनाकाअनुसार निर्माणाधीन मैलुङ–स्याफ्रुबेँसी सडक बेत्रावती–धुन्चे–स्याफ्रुबेँसी सडकभन्दा २३ किमी छोटो हुनेछ । यसैगरी काठमाडौँ–रसुवागढी सडकको दूरी कूल १२२ किमी हुन जानेछ । निर्देशक विष्टले नेपाली सेनाले आफ्नो सीमित स्रोत, साधनको प्रयोग गरी मैलुङ–स्याफ्रुबेँसी ट्र्याक खोल्ने काम असार मसान्तसम्म सम्पन्न गरी यातायात सञ्चालनमा आउने जानकारी दिनुभयो । सडक डबल लेन, स्तरोन्नतिलगायत सबै काम अगामी चैत मसान्तभित्रमा पूरा हुने उहाँको भनाइ छ ।

हाल सेनाले मैलुङ, स्याफ्रुबेँसी, त्रिशूली दोभान, सोलेबेँसी र गुमचेत गरी चार स्थानमा आफ्नो क्याम्प स्थापना गरी सडक निर्माणलाई तीव्रता दिएको छ । साथै मैलुङको त्रिशूली खोलामा १२० मि लामो ‘बेलिब्रिज’समेत जडान गरिसकेको छ । सो बेलिब्रिजको भारवहन क्षमता २५ टन रहेको उहाँले जानकारी दिनुभयो । उसो त नेपाली सेनाले भूकम्पले क्षति पु¥याएको बेत्रावती–मैलुङ १८ किमी सडक मार्गमा पहिरो पन्छाइ त्यसको मर्मत गरिसकेको छ । सरकारले विसं २०७२ पुस ७ गते सो सडक खण्डमा पहिरो पन्छाउन तथा मर्मत गर्ने जिम्मा नेपाली सेनालाई दिएको थियो ।अर्कोतर्फ चीन सरकारले पनि केरुङलाई रेलमार्गसँग जोड्न उच्च प्राथमिता दिई काम गरिरहेको छ । हाल तिब्बती रेलमार्ग सिगात्सेसम्म आईपुगिसकेको र सन् २०२० सम्म चीनको हिमाली उपत्यका केरुङ आइपुग्ने बताइएको छ । रसुवागढी केरुङ ३५ किलोमिटरको दूरीे छ । चीनले केरुङबाट नेपालसँगको आफ्नो सीमा रसुवागढीसम्म सडक विस्तार, स्तारोन्नति एवम् सुधारलाई तीव्र बनाइराखेको छ । मैलुङ–स्याफ्रुबेँसी सडक निर्माण कार्यदलका प्रमुख एवम् सेनानी सञ्जय केसीले भौगोलिक विकटता, कठिनाइ एवम् सडक मार्गमा चट्टान नै चट्टान भएका बीचमा पनि सेनाले सडकको ट्र्याक खोल्ने काम अन्तिम चरणमा पु¥याएको बताउनुहुन्छ ।

उत्तर–दक्षिण मार्गः व्यापार विस्तारमा ‘लाइफ लाइन’
हिमाली सिल्क रोडका रुपमा चर्चित नेपालको उत्तर–दक्षिण जोड्ने महत्वपूर्ण सडकका रुपमा यसलाई हेरिएको छ । रसुवागढीबाट चितवनको ठोरी जोड्ने छोटो मार्ग यही नै हुनेछ । पर्यापर्यटनका लागि विश्वमा ख्याति कमाएको लाङ्टाङ राष्ट्रिय निकुञ्ज, धार्मिक पवित्रस्थल गोसाइँकुण्ड, पार्वतीकुण्ड, पदयात्राका आकर्षणस्थल लाङ्टाङको पर्यटन प्रवद्र्धनमा यो सडक सञ्जालले थप सहयोग पु¥याउने विश्वास गरिएको छ । अर्कोतर्फ मैलुङ–स्याफ्रुबेँसी सडकले त्रिशूली ‘थ्री–ए’ ९६० मेगावाट०, मैलुङ खोला ९पाँच मेगावाट०, माथिल्लो त्रिशूली ९३१६ मेगावाट० जस्ता दूरगामी महत्वका जलविद्युत् आयोजनाको विकासमा समेत यसले ठूलो योगदान पु¥याउने जनाएको छ ।

अर्कोतर्फ नेपाल र चीन बीचको द्विपक्षीय व्यापार विस्तारका लागि सो मार्ग ‘लाइफ लाइन’ सावित हुने विश्वाससमेत गरिएको छ । भूकम्पका कारण चीनले तातोपानी भन्सारमा रोक लगाएपछि केरुङलाई व्यापारिक केन्द्रका रुपमा विकसित गर्दैछ । नेपाल सरकारले पनि गल्छीदेखि रसुवागढीसम्म डबल लेनको सडक मर्मत, विस्तार एवम् स्तरोन्तति अगाडि बढाएको छ । यसैगरी रसुवागढीमा एकीकृत भन्सार कार्यालय र सुख्खा बन्दरगाह स्थापनाको तयारीसमेत भइरहेको जनाएको छ । रासस

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.