‘म बाँच्न चाहन्छु, मलाई बचाउनुहोस।’: कलाकार दिपेन शाह

चर्चित हाँस्य टेलिऋंखला ‘झ्याईकुटी झ्याँइ’ बाट दिपेन सरको रुपमा चिनिएका कलाकार दिपेन शाह संसारकै होचा व्यक्तिको रुपमा चिनिन्छन् । आफ्नो अशक्तपन भएपनि कलाकारिता मार्फत दर्शकहरुलाई हँसाउँदै आएका दिपेन बोनम्यारोको रोगका कारण पिडित छन्। उनी अहिलेपनि औषधि प्रयोग गरिरहेका छन्। चर्चित कलाकार,डान्सर तथा जादुगर महादेव त्रिपाठीको साथका कारण कलाकारितामा भित्रिएका उनी महादेवकै साथमा विभिन्न कार्यक्रमहरुमा पनि प्रस्तुति दिँदै आएका छन्। उनले महादेव त्रिपाठीको प्रर्दशनमा आउने क्रममा रहेको चलचित्र ुजोक्करु मा हिरोको रुपमा अभिनय पनि गरेका छन्।

दुवै खुट्टामा हड्डीभित्रको मासीको कमि भएका कारण यस्तो अवस्थामा आइपुगेका उनको उपचारका लागि ५० लाख रकम लाग्ने बताइएको छ। दिपेनको उपचारका लागि सरकारको तर्फबाट कुनै सहयोग नआएकाले कलाकारिताको माध्यमबाट सहयोग रकम जुटाइरहेको त्रिपाठीले जनाएका छन्। र अहिलेसम्म उनको उपचारका लागि करिब २२ लाख रकम जुटिसकेको बताइएको छ। डाक्टरले ३ वर्ष भित्र अप्रेसन गरिसक्नुपर्ने बताएको भन्दै त्रिपाठी तथा दिपेन ले सहयोगका लागि अपिल गरेका छन्। एक अन्तरवार्तमामा सहयोगको अपिल गर्दै दिपेनले भने ‘म बाँच्न चाहन्छु, मलाई बचाउनुहोस।’

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.