साउथ इंडियन फिल्ममा सबैभन्दा बढी पारिश्रमिक लिने यी भिलेन

साउथका फिल्महरुमा हिरो जत्तिकै सुपरस्टार भिलेनहरु छन् जो निकै राम्रो कमाई गर्छन् । यस्तै मध्येका एक हुन् प्रकाश राज ।

प्रकाश राज साउथ इंडियन फिल्महरुमा एकदमै डिमाण्डेवल कलाकार हुन् । उसो त उनी हरेक प्रकारका भुमिकाहरुमा देखिन्छन् तर उनको करिअरलाई यहाँसम्म टिकाईराखेको क्यारेक्टर हो भिलेनको । उनी साउथ इंडियन फिल्मको सबैभन्दा बढि पारिश्रमिक लिने भिनेको रुपमा पनि चिनिन्छन् ।

प्रकाश राज एक कलाकार मात्र नभई निर्माता, निर्देशक र पपुलर टिभी कार्यक्रम प्रस्तोता पनि हुन् । उनले सन् १९९४ मा तामिल सिनेमामार्फत सिने नगरीमा डेब्यु गरेका थिए । उनले करिअरको सुरुवातमा बिभिन्न स्टेज शोहरु पनि गरेक थिए जसबाट उनलाई प्रतिशो ३०० रुपैँया पाउथेँ ।

नाटकहरुमा पनि उत्तिकै सक्रिय प्रकाश राज दुई दशकभन्दा लामो समयदेखी फिल्म क्षेत्रमा छन् । दर्जनौँ टिभी शो तथा फिल्महरुमा काम गरिसकेका उनले कयाँै फिल्महरु आफैँले पनि निर्देशन गरेका छन् ।

३०० रुपैँयामा नाटकको एक शो गर्ने उनै प्रकाशराज आज साउथ इन्डस्ट्रीका सबैभन्दा बढि पारिश्रमिक लिने भिलेनका रुपमा चिनिन्छन् भने कतिपय फिल्महरुको लागी उनले एक रुपैँया पनि लिने गरेका छन् ।

ईन्टरनेटमा भएको तथ्याङ्कका अनुसार उनी एक फिल्मको लागी डेढ करोड रुपैँया लिने गर्छन् भने उनी १५० करोडको मालिक पनि हुन् ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.