बेवारिसे अवस्थामा दुधे वालिका फेला – पाल्न चाहनेको खोजी

बर्दिया : बर्दिया नगरपालिका वडा नम्बर ३ बबई खोलास्थित कुस्माघाटको झोलुङ्गे पुलमुनि वेवारिशे शिसु भेटिएको छ । गस्तीमा रहेको प्रहरी टोलीले आईतवार राती साढे ८ बजे पुलमुनी राखिएको अवस्थामा जिवित वालिका फेला पारेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक युवराज खड्काले वताउनु भयो ।

बानियाभार गाउँ जाने सडकखण्ड अन्र्तगत झोलुङ्गे पुलमुनी अलपत्र अवस्थामा फेला पारिएको वालिकालाई प्रहरीले तत्काल स्थानीय स्वयंसेविका मार्फत जिल्ला अस्पताल बर्दियामा पुर्याईएको उहाँले वताउनु भयो । कसले किन वच्चालाई पुलमुनी राखेको भन्ने बारेमा कुनै जानकारी नआएपनि त्यसबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

बालिकाको गालामा घाँस लगायत वालुवाले कोतरे पनि स्वस्थ रहेको जिल्ला अस्पताल बर्दियाकी लैगिक हिँसा सम्वन्धि एकद्वारसंकट व्यवस्थापन केन्द्रकी मनोविमर्शकर्ता (स्टाफनर्श) एलिना खड्काले वताउनु भयो । आमा सुरक्षा कार्यक्रमको कपडा सहित शिसु भेटिएकाले वालिका अस्पतालमै जन्मिएको हुनसक्ने उहाँको भनाई छ ।वच्चाको प्रकृति हेर्दा जन्मेकै दिन फालिएको हुनसक्छ । उहाँले थप्नुभयो ‘नाभी झरेको छैन ।’ वालिकालाई अस्पतालले वोतल मार्फत दुग्धपान गराई रहेको छ । वच्चाको स्वास्थ्य अवस्था खतरा वाहिर रहेको चिकित्सकले जनाएका छन् ।

शिशु स्वस्थ रहेकाले यदि कसैले पाल्ने भए प्रकृया पुर्याएर लैजान सक्ने महिला तथा वाललालिका कार्यालय बर्दियाकी महिला विकास अधिकृत गिरा कुमारी वस्नेतले वताउनु भयो । उहाँले भन्नु भयो ‘कसैले वच्चा वच्ची पाल्ने मनसाय वनाएका हुन्छन् यदि कतै त्यस्तो छ भने स्वस्थ वच्चा भएकाले कानून सम्मत लगेर पाल्न सक्नुहुन्छ ।’

वेवारिशे वालवालिकालाई सुरक्षित पालनपोषण गर्ने गृह बर्दियामा नभएकाले समस्या रहेको अधिकृत वस्नेतको भनाई छ । बालिकाको जीवन रक्षाका लागि भएपनि कसैले लगेर सन्तानका रुपमा पालन पोषण गरे ठूलो धर्म हुने उहाँले वताउनु भयो ।
साभार-अन्नपूर्ण पोष्ट बाट

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.