काठमाडौँ । लोकगायक बद्री पँगेनी हरेक वर्ष नयाँ लोकगीत गाएर सदावहार लोकगायकको परिचय बनाउन सफल हुनु हुन्छ । त्यतिमात्र होइन, पछिल्लो समय उहाँ जनताका गीतलाई लोकलयमा ढालेर लोकप्रियता कमाएर जनगायकको परिचय बनाउनु भएको छ ।
अहिले भने उहाँको चर्चा एमालेको चुनावी गीतसँग जोडिएको छ । उहाँले गाएको ‘सही पनि एमाले, मै पनि एमाले राजनीतिक गीत युटुबमा १० लाखको हाराहारीमा दर्शकले हेरेका छन् ।
स्थानीय तहको पहिलो चरणको निर्वाचनका लागि बनाइएको एमालेको गीत हेर्नेको संख्या अत्यधिक देखिएको हो । प्रदेश नम्बर ३, ४ र ६ मा भएको स्थानीय तहको निर्वाचनताका नै यो गीत हेर्नेको संख्या १० लाख पुगेको हो । अझै प्रदेश नम्बर १, २, ५ र ७ मा स्थानीय तहको निर्वाचन हुन बाँकी नै छ ।
उहाँको गीत एमालेले प्रचार अभियानमा बजाएको छ भने युटुबमा पनि हेर्नेको संख्या अत्यधिक हुँदैछ । गीतमा पँगेनीलाई प्रिया भण्डारीले साथ दिनु भएको छ ।
Post a Comment
Thanks.