सावधान ! लिची खाँदा जान सक्छ ज्यान

एजेन्सी । लिची हामी सबैलाई मन पर्ने फल हो । यो एकदमै स्वादिलो हुन्छ । लिची सेवन गर्दा स्वास्थ्यको लागि पनि फाइदा हुन्छ । तर तपाई आश्चर्यमा पर्नुहुनेछ की लिची खाँदा मृत्यु समेत हुन सक्छ ।

हालै बिहारमा एक व्यक्तिको रहस्यमय तरिकाले मृत्यु भयो । यसको कारण भने पछि खुल्यो । जुन कारण देखेर सबै हैरान भए । खासमा उनको मृत्यु लिची खाएरै भएको थियो ।

भारत र अमेरिकाका बैज्ञानिकले नया विषय पत्ता लगाए की खाली पेटमा लिची खानाले मानिसको मृत्यु समेत हुन सक्दोरहेछ । भारतको विहारमा अत्यधिक लिचीको उत्पादन हुन्छ र त्यहाँ बच्चाहरु आकस्मिक रुपमा मृत्युको मुखमा पुग्ने गर्छन् । यसको कारण खाली पेटमा लिची खाने गरेको डाक्टरहरुले पत्ता लगाएका छन् ।

त्यसो त बिहारको मुजफ्फरपुरमा बच्चाको मृत्यु १९९० को दशकबाट सुरु भएको हो । जब गर्मी सुरु हुन्थ्यो तब बच्चाहरु बिना कुनै रोग मृत्युको मुखमा पुग्थे । त्यहाँ प्रतिवर्ष सय भन्दा बढि बच्चाको मृत्यु हुने गरेको छ ।

आश्चर्यको विषय त यो छ की स्वस्थ बच्चालाई सुरुमा चक्कर लाग्ने गर्छ । त्यसपछि शरीर कक्रिने र बेहोस भएपछि मृत्यु हुने गरेको छ । त्यो ठाउँको बच्चा लगातार मर्न थालेपछि डाक्टरहरुले कैयौँ खोज गर्दा पनि कारण थाहा पाउन सकेका थिएनन् ।

तर अमेरिका र भारतको बैज्ञानिक मिलेर अनुसन्धान गरेपछि भने कारण पत्ता लाग्यो की खाली पेटमा लिची खानाले बच्चाको मृत्यु भएको हो भनेर । डाक्टरहरुले दाबी गरेका छन् की लिचीमा हुने हाइपोग्लिसिन ए र मिथाइलेन्साइक्लो प्रोपाइल्गिसिन भन्ने विषालु तत्वको कारण बच्चाको मृत्यु हुने गरेको हो ।

यो तत्वले हाम्रो शरीरमा खासै असर नगरेपनि खाली पेटमा खाँदा भने ठूलो असर पु¥याउँछ । यसले शरीरमा ग्लुकोज उत्पादन हुन रोक्छ र रगतमा चिनीको मात्रा कम गराइदिन्छ । त्यसपछि शरीर कक्रिने र बेहोस हुने लक्षण देखा पर्छ । त्यसपछि विरामीको मृत्यु हुने गर्छ ।

यस्तै क्यारेबियन द्वीपमा पनि एक फूलको कारण कैयौँ मानिसहरुको ज्यान गएको छ । त्यहाँ हुने एक फूलमा पनि हाइपोग्लिसिन भन्ने विषालु तत्व पाईन्छ ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.