काठमाडौँ । दुई वर्षअघिको सफल चलचित्र ‘प्रमेगीत’को सिक्वेल अहिले चर्चामा छ। थाइल्याण्ड, बर्मा र नेपालमा खिचिएको चलचित्र ‘प्रेमगीत २’ आउँदो बर्षको साउन १३ गतेबाट रिलिज हुने तयारी भइररहेका बेला चलचित्र कस्तो बनेको होला भन्ने कौतुहलता आम दर्शकमा बढ्दै गएको छ।
चलचित्रको क्लाईमेक्स सिन लिक गरेर चलचित्र यूनिटले केही सस्पेन्स बाहिर ल्याएपछि चलचित्रको अर्को रहस्य सार्वजनिक भइसकेको छ।
करिब २० दिन मुगुमा रारा तालको किनारमा चलचित्र छायांकन गर्दाका रमाइला पक्ष सुनाउँदै चलचित्रका नायक प्रदिप खड्का र अश्लेषा ठकुरीले भने, ‘रारातालमा हामी दुईले बिताएको पल निकै अविश्मरणीय छन्।’
रारातालको अति विकट क्षेत्रमा अश्लेषालाई बोकेर ४ दिनसम्म प्रदिप हराएको दृश्य छायांकन गर्दाको समय पनि सम्झन लायक भएको निर्माता सन्तोष सेन बताउँछन्।
राजदरबार हत्याकाण्डसँग सम्बन्धित ठूलो बजेटको फिल्मको घोषणा गरेको आशुषेन फिल्मस् प्रालिले सोमबार चलचित्रको ट्रेलर सार्वजनिक गर्दैछ। अन्नपूर्ण पोस्टबाट
http://ift.tt/eA8V8J
Post a Comment
Thanks.