एका बिहानै उत्तर कोरियाद्वारा श्रृखलाबद्ध मिसाइल प्रहार

सोल(दक्षिण कोरिया) : उत्तर कोरियाले बिहीबार बिहान श्रृखलाबद्धरुपमा व्यालेस्टिक मिसाइल प्रहार गरेको छ । उत्तरप्रति केही उदार मानिने ‘मून जे इन ‘ दक्षिण कोरियाको राष्ट्रपतिमा निर्वाचित भएपछि उसले गरेको यो पाँचौ मिसाइल परीक्षण हो । उत्तर कोरियाले बिहीबार पूर्वी तटबाट श्रृखलाबद्ध मिसाइल प्रहार गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ ।

उत्तरको पूर्वी तटबाट प्रहार गरिएका मिसाइल २०० किलोमिटर टाढा पुर्वी सागरमा खसेको दक्षिण कोरियाली सेनाले दावी गरेको छ । खाङ्वन प्रान्तको वन्सन नजिकैबाट चरणवद्ध मिसाइल प्रहार गरेको दक्षिण कोरियाली सेनाका जोइन्ट चिफ्स् अफ स्टाफले जनाएका छन् । दक्षिण कोरियाली सेनाले उत्तर कोरियाले गरेको मिसाइल परीक्षणको जानकारी राष्ट्रपति ‘मून जे इन’लाई गराएको सैनिक श्रोतलाई उद्धृत गर्दै कोरियली सञ्चार माध्यमहरुले जनाएका छन् ।

मुन राष्ट्रपति भएपछि उत्तर कोरियाले आणविक तथा मिसाइल परीक्षण रोक्ने कतिपयको विश्लेषण थियो । यद्यपी अमेरिकाले दक्षिण कोरियामा मिसाइल प्रतिरोधात्मक प्रणाली थाड तैनाथ गरेपछि क्रृद्ध बनेको उत्तरले त्यसयता मिसाइल परीक्षणलाई तीब्रता दिएको छ । जसको अन्तर्राष्ट्रिय समुदायले चर्को रुपमा विरोध जनाउदै आएका छन् भने संयुक्त राष्ट्र संघ, अमेरिका लगायत पश्चिमा राष्ट्रहरुले उत्तर कोरियामाथि प्रतिबन्ध थप कडा पारेका छन् ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.