भरतपुरमा यसरी बनाउँदैछिन् प्रचण्डकी छोरी रेणुले रणनीति, घरदैलोमा भ्याई–नभ्याई !

भरतपुर २३ , जेठ ।
भरतपुर महानगरपालिकाको बिबाद अदालत पुगेपछि पुनः चुनाव हुने निश्चित छैन । तर चुनाब हुने नहुने अन्योलताकैबीच काँग्रेस –माओवादी गठबन्धनकी मेयरकी उम्मेदवार प्रचण्डकी छोरी रेणु दाहाललाई भने घरैदैलो गर्न भ्याई–नभ्याई छ । बैशाख ३१ गते भएको चुनाबमा मग गणना अन्तिम चरणमा पुगेको बेला मत पत्र च्यातेर फेरी मतदान गर्ने अबस्था बनाएका माओवादी केन्द्र र कांग्रेस गठबन्धनले प्रचारप्रसारलाई तिब्रता दिएका छन् । उनीहरु अहिले देखिनै मतदातालाई प्रभाब पार्न तल्लिन छन् । प्रतिप्रक्षी एमाले भने अहिले पनि सदन र सडकबाट बिरोध गरिरहेको छ ।

.
यता गठबन्धनकी उम्मेदबार दाहाल भने चुनाव हुने पक्का भएको भन्दै भरतपुर १९ का बासिन्दासँग मत माग्न घरघरमा पुगिरहेकी छिन् । भरतपुर १९ का बासिन्दालाई व्यक्तिगत रुपमा भेट्दै उनले मतका लागि लबिङ गरिरहेकी छिन् । स्रोतका अनुसार उनी खासगरि, काँग्रेसका असन्तुष्ट स्थानीय नेताहरुलाई फकाउनैमा उनी व्यस्त छिन् । मतपत्र च्यातिएपछि काँग्रेसकै स्थानीय कार्यकर्ताहरु माओवादीसँग आक्रोशित देखिएका छन् । उनीहरुले पहिले दिएको तर यसपटक कुनै पनि हालतमा रेणुलाई भोट नदिने बताएको स्रोतले जनाएको छ ।
बैशाख ३१ गतेको चुनाबमा यस वडामा माओवादी र काँग्रेसको प्रतिस्पर्धा हुने तर मेयरमा भने माओवादीलाई भोट दिनुपर्ने बाध्यता थियो । तर, काँग्रेस कार्यकर्ताको आक्रोश मत्थर पार्न रेणुकै प्रस्तावमा माओवादीले १९ वडाको अध्यक्षदेखि सदस्यसम्म सबै पदमा काँग्रेस उम्मेदवारलाई समर्थन गर्ने गरी माओवादी केन्द्रले सहमति जनाएको छ । मेयरमै खतरा देखिएपछि १९ नम्बर वडा काँग्रेसलाई बुझाएर भए पनि आफू जित्ने दाउमा रेणु लागेकी छिन् ।

.
पहिलो १८ सय ९ मत गन्दा यो वडामा रेणुलाई निकै कम मत आएको थियो भने वडा अध्यक्षमा पनि माओवादी केन्द्र र कांग्रेसको मत राम्रै आएको थियो । यो वडाबाट रेणुले एमालेका उम्मेदवार देबी ज्ञवालीलाई कम्तीमा ३०० मतको अन्तर पछि पार्नै पर्ने जरुरी छ । अन्यथा निर्णय जे पनि आउन सक्छ किन की ज्ञवाली अहिले ७ सय ३३ मतले अगाडि छन् । १९ वडाको सबै मत बदर भएपछि अब उनको अग्रता ७ सय ८४ छ । त्यसो त गणना गर्न बाँकी वडा नम्बर २० कांग्रेसको गड इलाका हो त्यसले हारजितको छिनोफानो गर्ने छ । १९ वडा सकेर २० मा जाँदा एमालेलेलाई ६ सय देखि ७ सयको अन्तर कायम राख्नु पर्ने आवस्यकता छ ।

.
यो वडामा कुल ३ हजार ७ सय ९७ जना मतदाता छन् । वैशाख ३१ को निर्वाचनमा २ हजार ८ सय ९७ मत खसेको थियो । तर, अब त्यति नै मत खस्ला कि त्यो भन्दा बढी ? अहिले नै एकिन भन्न सकिने अवस्था छैन तर बिभिन्न अड्कलबाजीहरु चलिरहेका छन् । पहिलो चरणमा जति उत्साह थियो, त्यस्तो उत्साह देखिएको छैन् ।
– See more at: http://ift.tt/2sVr9ad

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.