काठमाडौं । नेपाली कलाकार अमेरिका भासिनु ठूलो कुरा रहेन । केहीदिनका लागि भन्दै अमेरिका गएका कलाकारहरु उतै हराएका उदाहरणहरु हामीमाझ प्रसस्तै छन् । त्यस्तै कलाकार मध्येकी एक हुन् नायिका नन्दिता केसी ।केही वर्ष अगाडि एक कार्यक्रमका लागि भन्दै अमेरिका उडेकी नन्दिता यतिबेला गायब जस्तै छिन् ।उनी सामाजिक संजालमा केही सक्रिय हुनेगरेको भएपनि नेपाल फर्कने विषयमा भने उनी मौन जस्तै छिन् ।
अमेरिका जाँदै गर्दा उनले केही मिडियामा नेपाल फर्किएर अभिनयलाई निरन्तरता दिने बताउने गरेपनि केसी उतै रमाउन थालेपछि उनी अमेरिकामा के गर्दैछिन् भन्ने चर्चा चल्न थालेको छ ।
बताइए अनुसार उनी अब नेपाल फर्किएर अभिनय यात्रालाई निरन्तरता दिनेभन्दा उतै सेटल हुने विचारमाछिन् ।
चलचित्र क्षेत्रमा खासै गतिलो र सफल चलचित्र दिन नसकेकी नायिका केसीले नेपालभन्दा अमेरिका सुरक्षित देखेकाले उतै सेटल हुने तयारी गरिहेकी हुनसक्ने उनलाई नजिकबाट चिन्नेहरु बताउँछन् ।
यसअघि अमेरिकामै सेटल भएका सुन्दर नायिकाहरु कृष्टि मैनाली, जल शाह, पुजा चन्द ऋचा घिमिरेसँगै नन्दिता पनि थपिने तयारी गरिरहेकी छिन् । (SOURCE : नेपालीपत्र)
http://ift.tt/eA8V8J

Post a Comment
Thanks.