राष्ट्रपतिको सवारी चल्दा एम्बुलेन्सलाई बाटो खोल्ने ट्राफिक प्रहरी सम्मानित

काठमाडौं, ६ असार — भारतको बेंगलुरुस्थित ट्रिनिटी सर्कलमा शनिवार राष्ट्रपतिको सवारी चलिरहेका बेलामा एम्बुलेन्सका लागि बाटो खोलेर एक ट्राफिक प्रहरी अधिकृतले सर्वसाधारणको मन जितेका छन् ।

बेंगलुरु प्रहरीले ट्राफिक प्रहरी एमएल निजलिंगप्पालाई यसबापत पुरस्कारको घोषणा गरेको छ । राष्ट्रपति प्रणव मुखर्जीले मेट्रो ग्रीन लाइनको उद्घाटन गर्नका लागि जाँदै गर्दा भीड भएको ठाउँमा पुग्दा एम्बुलेन्स आएको थियो । एम्बुलेन्स देखेपछि निजलिंगप्पाले त्यसलाई पास हुनका लागि राष्ट्रपतिको सवारी रोकेका थिए ।

प्रहरी कमिस्नर प्रवीण सूदले ट्वीट गरे, ‘यस्तो पहलकदमी लिने प्रहरीलाई पुरस्कृत गरिनेछ । गजब ग–यौ ।’ यो ट्वीट पढेपछि निजलिंगप्पालाई प्रशंसा गर्दै सामाजिक सञ्जालमा सन्देशहरू ओइरिएका छन् ।
एजेन्सी

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.