एसईई परीक्षा दिने सबैभन्दा बृद्ध ब्यक्ति ६९ बर्षिय बृद्ध दुर्गेले पास गरे परीक्षा,

काठमाडौँ । एसईई परीक्षा दिने नेपालकै सबैभन्दा बृद्ध ब्यक्ति स्याङ्जाका ६९ बर्षिय बृद्ध दुर्गे कामीले पनि एसईई परीक्षा पास गरेका छन् । स्याङ्जाको कालाभैरव उच्च माविमा अध्ययनरत ६९ बर्षिय दुर्गे कामीले सिदार्थ माविमा एसईईको परीक्षा दिएर जम्मा ग्रेड १।२ ल्याएर उतीर्ण भएको उनको बिद्यालयले जनाएको छ । बृद्ध भत्ता खाएर घरमै आराम गर्ने यो उमेरमा एसईई परीक्षा उर्तिण गर्न सफल भएकोमा उनी निकै हर्षित देखिएका छन ।

नातिनातिनाका उमेरका सहपाठीसंग परीक्षामा सहभागी भएका उनी उतीर्ण भएको खबरले यतिका बर्ष सम्म दुख गरेको फल प्राप्त गरेको बृद्ध कामी बताउँछन ।

बुढेसकालमा साहारा कोही नभई विरक्त लागेपछि आफूलाई व्यस्त राख्नको लागि आफ्ना नाती नातीना सरहका विद्यार्थीसंगै विद्यालय जाने गरेपछि पहिलो पटक एसईईमा सहभागी बनेका उनले अबको दिनमा क्याम्पस पढ्ने र सानो भए पनि जागिर खाने रहर सुनाए ।

५ बर्ष पहिले नै श्रीमती बितेपति एक्लिएका कामीले पढेर जीवनमा केही गर्ने इच्छा भएको बताएका छन् । उनले परीक्षा पास गरेसँगै उनलाई खिल्ली गर्नेहरुलाई एउटा सवक पनि भएको छ ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.