नेपालमा जहाज आयो, भारत तर्सियो

हिमालयन एयरमा आङकाजी छन्, तर उनका पार्टनर हुन् चिनियाँ बायुसेवा कम्पनी तिब्बत एयर । छिरिङको ५१, चिनियाँ एयरको ४९ प्रतिशत । भित्री कुरो चीनले आङ छिरिङ मार्फत ठूलै लगानी गरेर नेपालको पहुँच युरोपसम्म पु¥याउन लागेको छ । यही थाहा पाएर भारतको आँखा ठूलो भएको हो । हिमालयनले दुई ठूलो जहाज ल्याउने निर्णय गरेको छ । आङ छिरिङको हैसियत त्यति ठूलो छैन ।

तर चीनको लगानी देखाएर र नेपालमा ऋण भनेर जहाज थप्न लागिएको हो । अब एयरलाइन्समा नेपाल एयरभन्दा हिमालयन ठूलो हुनेछ । यही कुरो भारतलाई बिझाउन थालेको हवाई प्राधिकरण स्रोतले सूचना खुस्काएको छ ।

नेपाल एयरले सञ्चय कोषको ऋणबाट ल्याउने ठूला जहाजभन्दा पनि ठूला र चाँडो हिमालयन एयरको जहाज आउने भएको छ । भन्नलाई कसैसँग प्रतिस्पर्धा होइन भने पनि भारतीय विमानहरुलाई टक्कर दिन हिमालयनको आक्रामक रणनीति बनेको छ ।

भनिन्छ, यसमा माओवादीको पैसा लगानी भएको छ । जसरी भाटभटेनी र चन्द्रागिरी केवल कारमा टेबुलमुनी लगानी भएको छ, त्यसैगरी हिमालयन एयरमा पनि लगानी भएको चर्चा व्यापक छ । टन्न पिएको बेलामा हिमालय एयरलाइन्सका महाप्रवन्धक राजुबहादुर केसीले पनि पैसाको चिन्ता छैन भनेर फुर्ति लगाउने गरेका छन् ।

आगामी २०१८ को सुरु दिनबाटै हिमालयनले युरोप अमेरिकन मुलुकमा उडान भर्ने योजना छ । अहिले नै श्रीलंका, युएईको दुबाई र साउदी अरबको दमाम, म्यान्मारको यांगुन, कतारको दोहा, र मलेसियाको क्वाललम्बुरमा नियमित उडान गरिरहेको छ । हिमालय एयरलाइन्सले हाल तीन वटा एयरवसको ए ३१९ नामक जहाज उडाइरहेको छ । – न्यूज अभियान बाट

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.