पाकिस्तानी ‘हल्क’ : हातले रोक्छन् ट्रयाक्टर, दैनिक ३६ वटा अण्डा, ३ किलो मासु खान्छन्

पाकिस्तानी ‘हल्क’ : हातले रोक्छन् ट्रयाक्टर, दैनिक ३६ वटा अण्डा, ३ किलो मासु खान्छन्
मरदान – तपाइँलाई ‘हल्क’ भनेर हलिउड सुपरहिरोको चलचित्र याद छ ?

याद छ भने पक्कै पनि चलचित्रमा हल्कले खाली हातले कार रोक्ने र उठाएर फाल्ने गरेको सम्झनुहुन्छ होला ।

ठीक यस्तै चरित्र हल्कको पाकिस्तानी भर्सनमा पाउन सकिन्छ ।

२५ वर्षीय अरबाब खिजेर हायात आफ्नो हातले ट्रयाक्टरलाई रोक्न सक्छन् भने दुईवटा कारलाई तान्न सक्छन् भने एक हातले मानिसलाई उठाउन सक्छन् ।

उनी आफू विश्वकै सबैभन्दा शक्तिशाली व्यक्ति भएको दाबी गर्छन् ।
हायातको तौल ४३५ केजी रहेको छ । उनी दिनको १० हजार क्यालोरी खाना खान्छन् ।

उनको दैनिक खानामा ३६ वटा अण्डा, ३ किलो मासु र ५ लिटर दुध खान्छन् ।

उनको उचाइँ ६ फिट तीन इन्च रहेको छ । यत्रो तौल हुँदा पनि उनलाई कुनै शारीरिक समस्या भने छैन ।

एउटा भिडियोमा उनले ट्रयाक्टरलाई रोकेको र दुईवटा कारलाई तानेको देख्न सकिन्छ ।

डेली मेलमा प्रकाशित रिपोर्टका अनुसार किशोर अवस्थामा पुगेपछि उनको तौलमा बृद्धि हुन थाल्यो । ‘मेरो तौल बढ्न थालेपछि मैले विश्वकै शक्तिशाली व्यक्ति छान्ने प्रतियोगितमा जाने सोच बनाए । त्यही भएर मैले झन् तौल बढाउन लागि परे,’ उनले भने ।

हयात अब वल्र्ड रेस्लिङ इन्टरटेनमेन्टमा (डब्लुडब्लुई) मा जान चाहन्छन् ।

‘मेरो अहिलेको लक्ष्य भएको डब्लुडब्लुईको प्रतियोगितामा जानुहो,’ उनले भने, ‘यसका लागि मैले तौलको मापदण्ड पूरा गर्न डाक्टरहरुसँग सल्लाह गरिरहेको छु ।’

पाकिस्तानमा उनी पहिलेनै सेलिब्रेटी भइसकेका छन् ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.