सत्र सय बोकेर राजधानी छिरेका धुर्मूसको पाँच अर्बको सपना !

काठमाडौँमा नमुना नेपालको अवधारणा सार्वजनिक गर्दै सिताराम कट्टेल (धुर्मूस) ले केहि मन छुने कुरा गरेका छन् । पाँच अर्बको नमुना नेपाल अवधारणा सार्वजनिक गर्दै धुर्मूसले सत्र सय बोकेर राजधानी छिरेको दिनलाई सम्झिए ।

नमुना नेपाल बनाउन पाँच अर्ब लाग्ने भन्दै सरकारको लागि पाँच अर्ब सानो रकम भएको बताए । उनले प्रत्येक नेपालीले प्रतिब्यक्ति दुई सय रुपैँया सहयोग गर्दा तीन करोड नेपालीबाट नौ अर्ब रुपैँया उठ्ने तर नमुना नेपालका लागि नौ अर्ब नभई पाँच अर्ब मात्रै आवश्यक पर्ने बताए । देश बनाउन सकिन्छ भनि दिनरात घरपरिवार छोडेर हिडेको भन्दै धुमूर्सले आफुलाई मात्र ध्यान दिएको भए कलाकारिताबाट पनि राम्रो कमाउन सक्ने बताए ।

उनले भने–”हामी युरोप पुगेर ‘मिनी युरोप’ घुमेर आयौं भन्छौं, भारतको अक्षयधाम पुगेर नतमस्तक हुन्छौँ । अब हामी हाम्रैे ‘नमूना नेपाल’ घुमेपछि गर्वले भन्ने छौँ”,नेपालभित्रको नेपाल, ‘नमूना नेपाल’ घुमेँ।”

कार्यक्रममा बोल्दै सुन्तलीले गरिब असाहय र दुखीहरुलाई साहारा दिन आफुले काखको छोरिलाई पनि चौरमा बास बसाउनु परेको बताईन् । नमुना नेपाल सिंगो देश नेपाललाई जोड्ने प्रयास हो भन्दै उनले सम्पुर्ण जातजाती, धर्मसंस्कृती र रितिरिवाजको साझा फुलवारी भएको पनि उल्लेख गरिन् । आफुहरुको योजनामा पहिले जस्तै फेरि पनि आम नेपालीहरुले सहयोग गर्ने उनले बताईन्।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.