यसकारण बडीगार्ड तथा सुरक्षागार्डले लगाउँछन् कालो चश्मा

काठमाडौं, २३ फागुन– भिआइपि व्यक्तिको वरिपरि रहने सबै बडीगार्डले कालो चश्मा लगाउने गर्छन् । भिआइपिको सुरक्षाको लागि खटिएका उनीहरु जहाँ जाँदा पनि कालोचश्मा साथमै हुने गर्छ । मन्त्री, व्यापारी, नेता, फिल्मी स्टार लगायतले आफ्नो सुरक्षाको लागि बडीगार्ड राख्ने गर्छन् । सुरक्षागार्डले कालो चश्मा लगाउने कारण यस्ता छन् :
हेराई र निशाना फरक

कालोचश्मा लगाएका सुरक्षाकर्मीले कतातिर हेरिरहेका छन् भन्ने कुरा थाहा पाउन गाह्रो पर्छ । एकातिर हेरेजस्तो गरेर अर्कोतिर ध्यान दिनु वा आफूले कतातिर हेरिरहेको छ भन्ने अरुलाई थाहा नदिन उनीहरु कालोचश्मा लगाउने गर्छन् ।
दिमागको खेल

कुनै विष्फोट वा झट्का लागेको अवस्थामा हाम्रो आँखा एकछिनको लागि बन्द हुने गर्छ । तर बडीगार्डले भने जुनै अवस्थामा पनि आँखा खोलेर चनाखो भएर बस्नुपर्ने हुन्छ । सुरक्षागार्डले आफ्नो मनोबैज्ञानिक सहयोगको लागि पनि कालोचश्मा प्रयोग गर्छन् ।

आँखाबाट दिमाग पढ्न नदिनु

कुनै प्रकारका शत्रुले आफ्नो आँखा हेरेर हाउभाउ थाहा नदिन वा कुनै प्रतिक्रिया नजनाउन सुरक्षागार्डले कालोचश्माको प्रयोग गर्छन् ।

कोहीले आँखाको भाकाबाट पनि अरुले के गर्दैछ भन्ने बुझ्ने क्षमता राख्छन् । यसैकारण शत्रुले आफूले के गर्दैछ भन्ने छनक नपाओस् भन्ने उदेश्यले पनि उनीहरु कालोचश्मा प्रयोग गर्छन् ।

बाहिरी आक्रमणबाट आँखालाई बचाउन

भिआइपिको सुरक्षाका क्रममा कुनै घटना विशेषले भागदौड वा धुलोको कारण आँखा नदेख्ने हुन्छ । सुरक्षाकर्मीले आँखालाई चनाखो राख्नुपर्छ । सुरक्षाकर्मीको लागि आँखा पनि एक प्रकारको हतियार नै हो । यसकारण पनि सुरक्षाकर्मीले कालोचश्माको प्रयोग गर्छन् ।

लोकान्तर बाट

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.