वाह प्रचण्ड ! कसैले नसकेको कसरी सक्नुभो ?

संविधानसभा निर्वाचनपछि माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बने । पुरानो राज्य संचालनको शैली बदल्न नसकेपछि उनले राजीनामा दिए । उनको राजीनामा पछि पनि दुई ठाउँमा हारेर पनि प्रचण्डले नै ल्याएका माधव नेपाल प्रधानमन्त्री बने । त्यसपछि झलनाथ खनाल, बाबुराम भट्टराई, खिलराज रेग्मी, केप केपी ओलीलाई बोकेरै प्रधानमन्त्री कसैले बनाएका हुन् भने त्यो प्रचण्डले नै हो ।

२०६४ साल यताको सुशील कोइराला नेतृत्वबाहेकको सरकार कसैको कारण बनेको छ भने त्यो प्रचण्डकै कारण हो । सम्भवतः पालो नै नआउने झलनाथ खनाल र केपी ओलीलाई काँधैमा राखेर प्रचण्डले प्रधानमन्त्री बनाइदिए । प्रधानमन्त्रीको सपनासमेत नदेखेका रेग्मीलाई ल्याउने पनि प्रचण्ड नै हुन् ।

यतिमात्र होइन आफैं पनि ९ महिना अघि प्रधानमन्त्री बन्न पुगे । स्थानीय तहको निर्वाचन गराए । दोस्रो चरणको निर्वाचन गराउने आधार दिए । र, अहिले फेरि प्रधानमन्त्रीबाट राजीनामा दिएर कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीका लागि काँध थाप्दैछन् र प्रधानमन्त्री बनाउँदैछन् ।

६ जनालाई एकल प्रयासमा प्रधानमन्त्री बनाएको सौभाग्य कसैलाई जान्छ भने त्यो प्रचण्डलाई नै जान्छ । हो, प्रचण्डले काँधमैं बोकेर प्रधानमन्त्री बनाएका नेताहरु लामो समय त्यो पदमा कामय हुन नसक्नु दुर्भाग्य हो । तर, कठिन अवस्थामा विदेशीको दबाबकाबीच ओलीलाई काँधमा बोकेर प्रधानमन्त्री बनाएको कसैले पनि भुलेका छैनन् ।

अर्कोतिर भद्र सहमतिमा धमिरा लागिरहेका बेला प्रचण्डले नै यसलाई गलत सावित गरिदिए । विनास्वार्थ निर्वाध रुपमा राजीनामा मात्रै दिएनन्, बहालवाला प्रधानमन्त्री नयाँ प्रधानमन्त्रीको प्रस्तावक बन्दै नेपाली राजनीतिमा नयाँ तरंग ल्याइदिए । नयाँ नजीर स्थापित गर्दिए । जुन नेपाली राजनीतिमापछिसम्म पनि सम्झिइरहनेछ सायद ।

प्रचण्डकै नाममा यसबीच अर्को परिचय पनि थपिएको छ । नेपालमा कोही कम्युनिष्ट नेता दोहोरिएर प्रधानमन्त्री कोही भएको छ भने ती प्रचण्ड नै हुन् । ६ जनालाई प्रधानमन्त्री बनाउने र आफू दुईपटक हुन सक्ने गरी समन्वय गरेका प्रचण्डले यी सबैभन्दामाथि उठेर १८ वर्षसम्म रोकिएको स्थानीय तहको निर्वाचन गराएर गाउँमा अहिले नयाँ जीवनको जग बसालिरहेका छन् ।

प्रचण्डको यो प्रयत्न र शैली अब राजनीतिलाई स्थायित्व बनाउन प्रयत्नशील बनोस् । अब ९ वा १० महिनामा फेरिने प्रधानमन्त्री होइन, कम्तिमा चारवर्षसम्म ढुक्कले काम गर्न सक्ने प्रधानमन्त्रीका लागि प्रचण्डको प्रयत्न होस् ।

राजनीतिक गतिरोध अन्त्य गर्दै तराई, पहाड र हिमालका जनताहरु मिलेर बस्न सक्ने गरी राजनीतिलाई सहज अवतरण गराउन सकून् । प्रचण्डको आगामी सफलता यी कार्यभारको नतिजामा भर पर्छ । nepaliheadlines

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.