म्यादी प्रहरीलाई नयाँ अवसर

२० जेठ, काठमाडौं । विगतमा ८ सय जिल्लाको अवधारणा ल्याएर चर्चा कमाएका माओवादी नेता गोपाल किरातीले अहिले चुनावमा परिचालन गरिएका म्यादी प्रहरीहरुलाई प्रदेश प्रहरीमा बदल्नुपर्ने सरकारसँग माग गरेका छन् ।

किरातीले प्रधान प्रचण्डलाई भेटेर म्यादी प्रहरीहरुलाई प्रदेश प्रहरीमा रुपान्तरण गर्न माग गरेका हुन् । सरकारले चुनावमा खटाएका म्यादीहरुलाई तालिमसमेत दिएको हुनाले उनीहरुलाई प्रदेश प्रहरी बनाउन किरातीले सुझाएका हुन् ।

म्यादी प्रहरीमा भर्ना भएका युवाहरुलाई सरकारले प्रदेश प्रहरीमा भनाए नगर्ने हो भने उनीहरु विदेशतिर लाग्न सक्ने भन्दै किरातीले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।

‘मैले प्रधानमन्त्रीलाई भेटेर यो प्रस्ताव राखेको छु,’ किरातीले अनलाइनखबरसँग भने– ‘प्रधानमन्त्रीले यसबारे सल्लाह गरौंला भन्नुभएको छ ।’
गत चैतको दोस्रो साता गृहमन्त्रालयले करिब ७५ हजार म्यादी प्रहरीको भर्नाका लागि आह्वान गरेको थियो । १८ देखि ५४ वर्ष उमेर पुगेका म्यादी प्रहरीको कार्यकाल ५५ दिनमात्रै तोकिएको छ । sajhapage

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.