आखिर विमानको रङ किन सेतो हुन्छ ? थाहा पाउनुस् विमानसँग जोडिएका केही नसुनेका तथ्य

एजेन्सी

जेठ २४ – हामीमध्ये केहीले विमानमा यात्रा गरेका छौं । तर विमानसँग जोडिएका केही तथ्य यस्ता पनि छन् जसबारे सायद तपाईंलाई थाहा छैन । आउनुहोस्, यसबारे जानकारी लिऔंः

आखिर विमानको रङ सेतो नै किन हुन्छ ?

सेतो रङ लगाउँदा विमानको बडीमा आएको कुनै पनि खराबी जस्तै चिरा परेको वा तेल चुहिएको सजिलै देख्न सकिन्छ । साथै, सेतो रङले तातोलाई सजिलै परावर्तन गर्न सक्छ जसका कारण ३० हजार फिटको उचाईमा पनि विमान चिसो हुने गर्दछ ।

विमानको भर्याङको मुनी किन बनेको हुन्छ सानो प्वाल ?

विमानको भर्याङमा तीन तह हुन्छ । एक तह बाहिरतर्फ, एक बीचमा र अर्को भित्रतर्फ । यसमा बीचको तहमा तपाईं सानो प्वाल देख्न सक्नुहुन्छ । वास्तवमा बीचको तहमा भएको प्वालले क्याबिनको प्रेशर नियन्त्रण गर्दछ । यदि प्रेशरका कारण झ्याल फुटेपनि सबैभन्दा पहिले यसको बाहिरी तह फुट्नेछ । त्यति बेलासम्म चालकले पनि विमानलाई तलसम्म लैजान सक्छ ।

किन हुन्छ विमानको झ्याल गोलो वा घुमाउरो ?

वास्तवमा, सुरुवाती अवस्थामा विमानको झ्याल चार कुनाको हुन्थ्यो । प्रेशरका कारण झ्यालको सिसा टुट्ने गर्दथ्यो । समयसँगै विमानको आकार र सुरक्षा दायरामा पनि परिवर्तन ल्याइयो । विमानको सुरक्षाका लागि वैज्ञानिकले पनि निकै सजिलो तरिका अपनाए । उनीहरुले विमानको झ्याललाई गोलो वा घुमाउरो बनाए ता कि यसमा पर्ने प्रेसर बाँडियोस् जसका कारण यो टुट्ने सम्भावना कम हुन्छ ।

किन सानो हुन्छ विमानको झ्याल ?

उचाईमा उड्दा विमान बाहिर र भित्रको प्रेशरमा निकै अन्तर हुन्छ । यदि विमानको झ्याल ठूलो भए त्यसको सिसा टुट्ने सम्भावना बढि हुन्छ । तर तपाईं सोचिरहनुभएको होला कि ककपिटको झ्याल ठूलो र चार कुना किन हुन्छ ? वास्तवमा, चालकले बाहिरको दृश्य स्पष्ट रुपमा देखून् भन्नका लागि ककपिटको झ्याल ठूलो बनाइएको हुन्छ । यसमा प्रयोग गरिएका सिसा अत्यधिक बलियो र धेरै नै महँगो हुने गर्दछ ।

ल्याण्डिङ र टेकअफका बेला किन खोलिन्छ झ्यालको सटर ?

ल्याण्डिङ र टेकअफका बेला एयर होस्टेजले तपाईंलाई झ्यालको सटर उठाउन आग्रह गर्दछन् । वास्तवमा यसको पछाडि सुरक्षा कारण हुन्छ । यात्रुहरु विमानको सुरक्षाको विषयमा धेरै सजग हुन्छन् । यस्ता थुप्रै घटना सार्वजनिक भएका छन् जसमा यात्रुले झ्यालबाट देखेर क्रुलाई प्लेनको खराबी बारे जानकारी दिएका थिए । सटर खुल्ला हुँदा विमानमा आएका कुनै प्रकारको खराबीलाई तुरुन्त थाहा पाउन सकिन्छ ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.