तपाईको आजको राशिफल :- २०७४ साल जेठ ३० गते मंगलबार (भिडियो सहित)

मेष

विरोध गर्ने पनि समर्थनमा आउनेछन् । नोकरी तथा राजनीतिमा अवसरको खोजी हुनेछ । प्रयास र प्रयत्न सफल हुनेछन् । उधारो कारोवार नगर्नु होला । पराक्रम बढ्नेछ ।

बृष

समयमा गरेका कामबाट लाभ लिन सकिनेछ । व्यापार व्यवसायबाट आज पनि आम्दानी राम्रै हुनेछ । घर परिवारको सहयोग पाईनेछ । आस्था र विश्वास बढ्नेछ ।

मिथुन

अहार विहारका कारण स्वास्थ्य कमजोर बन्नेछ । घरको वातावरण पनि प्रतिकुल हुन सक्छ । आफुले चाहे ेजस्तो काम गर्न सकिने छैन । भौतिक सम्पति नास हुन सक्छ ।

कर्कट

लगनशिल भई गरेका काम सफल हुनेछन् । अरुको भरमा काम नगर्नु बढि राम्रो हुनेछ । आर्थिक कारोवार गर्दा सजग हुन होला काममा विलम्ब नगर्नु होला । व्यापारबाट लाभ होला ।

सिंह

विरोधी बढ्नेछन् कार्य गोपनियता अप्नाई काम गर्नु होला । काम गर्दा बढि मेहनत गर्नु पर्नेछ । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । आफन्तबाट अप्ठ्यारो पर्न सक्छ ।

कन्या

भ्रमलाई चिरेर काम गर्नु होला । हेलचक्र्याई गरेर काम गर्नु भयो भने आएको अवसर पनि गुम्नेछ । यात्रामा कठिनाई हुनेछ । आम्दानी खर्च बरावरै जस्तो हुनेछ । मानसिक तनाव बढ्नेछ ।

तुला

भौतिक सम्पति नोक्सान हुन सक्छ । काम गर्ने जोश जागर घट्नेछ । घर परिवारमा मनमुटाव बढ्नेछ । व्यापार व्यवसायमा गिरावट आउनेछ । साथि भाईबाट विश्वास घात हुनसक्छ ।

बृश्चिक

कार्य क्षमता घट्ने छैन । व्यापार व्यवसायबाट पनि आय आर्जन बढ्नेछ । काम गरेर दाम कमाउने अवसर आउनेछ । घरका काम काजमा भन्द बाहिरी काम काजमा समय बढि लगानी हुनेछ ।

धनु

नजिकका मानिसबाट विश्वास घात हुनेछ । संचित धनको नास हुने देखिन्छ । व्यापार व्यवसायबाट खासै लाभ लिन सकिने छैन । प्रयत्नपूर्वक गरेका काम भने केहि सफल हुनेछन् ।

मकर

समयमा निर्णय लिएर अगाडि बढ्नु पर्ने देखिन्छ । गरेका काम सफल हुनेछन् । आत्मविश्वास बढाउनु पर्ने देखिन्छ । व्यापार व्यवसायबाट अल्प लाभ हुनेछ । महत्वकाँक्षी योजना असफल हुनेछन् ।

कुम्भ

कमाई भन्द पनि खर्च बढि हुनेछ । व्यापार व्यवसायमा विभिन्न खालका समस्या आउनेछन् । नगरेका कामको अपयश आई लाग्न सक्छ । स्वास्थ्यले पनि काम गर्न दिने छैन । चिन्ता बढ्नेछ ।

मीन

आय आर्जनका दृष्टिले अनुकुल नै देखिन्छ । आएको अवसरलाई सदुपयोग गर्नु होला । व्यापार व्यवसायमा उन्नति प्रगति राम्रै हुनेछ । आफन्तको सहयोग सहानुभूति मिल्नेछ ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.