बसुन्धराको घटना सेलाउन नपाउदै फेरी माइक्रो बसको ठक्करले पैदल यात्रुको मृत्यु ,६ जना घाइते,गाडीमा आगजनी

धादिङ, जेठ २३ – धादिङको पृथ्वीराजमार्ग अन्तरगत थाक्रे गाउँपालिका-२ सिम्लेमा मंगलबार माइक्रोबसले पैदलयात्रुलाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । ६ जना घाइते भएका छन् ।

भैरहवाबाट काठमाडौं जाँदै गरेको लु १ ज २६७४ नम्बरको माइक्रोबसले सडक पेटीमा हिँडेका यात्रुलाई ठक्कर दिएको थियो । पैदलयात्रुलाई ठक्कर दिँदा थाक्रे गाउँपालिका-२, की ३० वर्षकी बन्दना परियारको ज्यान गएको प्रहरी उपरीक्षक शरद खत्रीले बताउनुभयो ।

दुर्घटनामा ६ जना घाइते भएका छन् । घाइतेहरुको स्थानीय बासिन्दाले उद्धार गरि काठमाडौंको वीरअस्पाल स्थित ट्रमा सेन्टरमा उपचारका लागि पठाइएको छ ।
घटनापछि स्थानीय बासिन्दाले दिउँसो ३ बजेदेखि पृथ्वीराजमार्ग अवरुद्ध गरि पैदलयात्रुलाई ठक्कर दिने माइक्रो बस आगजनी गरिदिएका छन् । दुर्घटना चालकको लापर्वाहीले भएकोले स्थानीय बासिन्दाले सडक अबरुद्ध गर्दै निस्पक्ष छानविनपछि कारबाहीको माग गरेका छन् ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.