संसारकै धनी मन्दिर, जहाँ ७ टन सुन तथा ३० टन चाँदी रहेको छ

एजेन्सी, के तपाईले सुनैसुनको मन्दिर देख्नु भएको छ ? विश्वमा मन्दिरको देश भनेर नेपाललाई चिनिन्छ। तर छिमेकी मुलुक भारत पनि विश्वकै धनी मन्दिरको रुपमा चिनिन्छ। भारतको आन्द्रा प्रदेशमा रहेको तिरुपति बाबाको मन्दिरलाई विश्वकै धनी मानिन्छ। यो मन्दिरमा संसारकै सबैभन्दा बढी बहुमुल्य धातु सुन तथा चाँदीले बनाइएको छ। त्यसैले यसलाई स्वर्ण मन्दिर पनि भनिन्छ। यो मन्दिरको ढुकुटीमा ७ टन सुन रहेको बताइएकोछ भने दिनहुँ श्रद्धालुले चढाउने सुनका कारण मन्दिरमा सुनको मात्रा बढिरहेको छ। यति मात्र होइन, यो मन्दिरमा ३० टन चाँदी तथा १ टन बहुमुल्य पत्थर समेत रहेको छ।

मन्दिरमा करोडौँ मूल्यको सुनचाँदी थुप्रिएपछि तिरुपति मन्दिरले थुप्रिएको सुन सरकारलाई बुझाउने योजना बनाएका छ। जसअनुसार सरकारलाई दिने सुनबाट मन्दिरलाई ब्याज आउनेछ। त्यहाँको मन्दिर व्यवस्थापनले पन्जाब नेशनल बैंकमा १.३ टन सुन जम्मा गरेको छ भने त्यस्तै स्टेट बैंकमा रखिएको थप १ टन सुनलाई पनि मन्दिर व्यव्स्थापनले पन्जाब बैंकमा नै सार्ने बताएको छ। त्यस्तै मन्दिरमा रहेको थप डेढ टन सुन इन्डियन ओभरसिज बैंकमा राखिएको छ। तिरुपति मन्दिरले सरकारको सुन जम्मा गर्ने योजना जिडिएस अन्तर्गत ४ टन सुन जम्मा गरिसकेको छ।साभार: मिडिया एनपी

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.