यस्तो पनि विवादः ‘नराम्री निकिता कसरी भइन् मिस नेपाल !’

जेठ–२१ । पहिलोपटक मारवाडी जातिबाट निकिता चन्डक मिस नेपाल भइन् । उनी मिस नेपाल भएको हेर्न नचाहेकाहरुले लेखे– ‘यिनी राम्री नै छैनन् । नेपाली पनि होइनन् । कसरी मिस नेपाल ?’

निकिताकै पक्षमा लेख्नेहरुले पनि भ्रामक तथ्यहरु लेख्ने क्रममा यतिसम्म लेखे कि ‘उनी पहिलो मधेसी मिस नेपाल हुन् । किनभने मारवाडी भनेको मधेसी हो ।’
यथार्थमा व्यापारमा अब्बल यो मारवाडी जाति न मधेसी हो न पहाडी । यो जाति भारतको राजस्थानबाट विश्वभर फैलिएको छ । नेपालीहरु भुटान, म्यान्मार, फिजी जहाँ पुगे पनि नेपाली जाति नै हुन्छन्, मारवाडीको कुनै समूह चार्हीँ तराईमा बस्यो भने त्यो जाति मधेसी भइहाल्छ ?

तराईमा बस्दै नबसेका मारवाडी काठमाडौंमै धेरै छन् । पहाडतिर पनि फाटफुट छन् । ‘नेपाली’ मात्रै भनिदिएको भए निकिताको विवाद आधा आफै समाप्त हुन्थ्यो । मधेसी, मारवाडी, राम्री नराम्री भनेर बिना कारण उनलाई विवादमा तान्ने काम अहिले भइरहेको छ ।

जहाँसम्म सुन्दरताको कुरा छ, त्यो हेर्ने आँखामा भर पर्ने कुरा हो । सन् १९९४ यता अहिलेसम्म २० जना युवती मिस नेपाल भए । ती मध्ये केही त रुपमा अत्यन्त सुन्दर पनि थिए होलान् । तिनीहरुले दिएको योगदान सायदै कसैको सम्झनामा छ । उपाधि विजेतामध्येका धेरैजसोले त नेपाल नै छाडेर विदेशमा बसोबास गर्न थालिसकेका छन् । यसकारण यो उपाधि सुन्नमा ठूलो लागे पनि राष्ट्रको लागि खास महत्वको छैन । निकिता राम्री हुनु र नहुनुले कसैलाई केही फरक पार्ने कुरा पनि होइन ।

अलि अघि कम्युनिष्ट नेतृहरु यस्तो प्रतियोगिताको खुब विरोध गर्थे । अचेल चाहीँ पाएसम्म आफ्ना छोरीहरुलाई पनि पठाउँला झै गर्छन् ।

सन् १९५१ मा फेसनका व्यापारी एरिक मोर्लेले विश्व सुन्दरी आयोजनाका लागि लगानी गर्न थाले । अहिलेसम्म पनि मोर्लेकै कम्पनी यो आयोजनाको मुख्य प्रायोजक हो । मानिसहरु भन्ने गर्छन् कि महिलाहरुको सशक्तिकरणका लागि यस्तो आयोजना राम्रो हो । महिला अधिकार, सशक्तिकरणलाई कमाइ खाने भाँडो बनाउनेहरुले मात्रै ‘मिस नेपाल–महिला अधिकार–महिला सशक्तिकरण’लाई जोडेर व्याख्या गर्छन् ।

वास्तवमा यो कुनै महिला हितका लागि आयोजना गरिएको होइन । यो त शुद्ध व्यापार हो । नेपालमा वर्षौैदेखि मिस नेपाल आयोजना गर्दै आएको हिडेन ट्रेजरले आजसम्म बालिका शिक्षाको लागि १०० रुपैयाँ खर्च गरेको समाचार सुन्न पाइएको छैन ।

मिस नेपाल आयोजनाका क्रममा प्रतिस्पर्धीहरुले नांगिन पर्दैन । अर्थात उनीहरुलाई नांगेझार पारेर शरीर परीक्षण पनि गरिँदैन । ब्रा र पेन्टीमा मात्रै हिँडन पनि लगाइँदैन । तर यिनी निकिता अब विश्व सुन्दरी प्रतियोगितामा पुगेपछि यिनले पनि ब्रा र पेन्टीमै सबैका अगाडि उभिनु पर्छ ।

किनभने एरिक मोर्लेको कम्पनीले राम्रा राम्रा युवतीले उनको ब्रा र पेन्टी लगाएर फोटो खिचाएकै कारण पैसा दिने हो । महिला सशक्तिकरणकालागि होइन, व्यापार प्रबद्र्धनकालागि यस्ता सुन्दरी प्रतियोगिता हुन्छन् । यसलाई महिला सशक्तिकरणसँग नजोडे नै ठीक होला ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.