आरु खानुका फाइदा थाहा पाउँदा अचम्मित पर्नुहुनेछ तपाईं

एजेन्सी, जेठ १९ –

आरु गर्मी मौसमको निकै फाइदाजनक फल मानिन्छ । हल्का गुलियो यसको विशेषता त हो नै यसका साथै यसमा पाइने एन्जाइम, भिटामिन र फाइबर स्वास्थ्यका लागि लाभदायक हुन्छ । यसका बोक्रामा पनि धेरै मात्रामा भिटामिन र मिनरल्स पाइन्छ ।

यसले आँखालाई स्वस्थ राख्नुका साथै यसले आँखाको ज्योती पनि बढाउँछ । आरुमा बिटा क्यारोटिन पाइन्छ जसे शरिरमा भिटामिन ‘ए’ बन्नका लागि आवश्यकता छ । भिटामिन ‘ए’ रेटिनालाई स्वस्थ राख्नमा निकै स्वस्थ मानिन्छ ।

तौल नियन्त्रणमा राख्छः

यसले तौल नियन्त्रणमा पनि सहयोग गर्दछ । आरुमा ८० प्रतिशत पानी र फाइबरको मात्रा भरपूर पाइन्छ । यसमा क्यालोरीको मात्रा कम हुन्छ । आरुमा पाइने फाइबरको मात्रा पेट र कलेजोबाट टक्सिनलाई हटाउन सहयोग गर्दछ ।

एन्टी अक्सिडेन्टले भरपुरः

आरुमा आवश्यक एन्टीअक्सिडेन्ट हुन्छ जसले वुढ्यौलीको प्रक्रियालाई स्लो बनाउँछ । यसमा भिटामिन सी भरपुर मात्रामा पाइन्छ जसले एन्टीअक्सिडेन्टको रुपमा काम गर्छ । यसले रोग प्रतिरोधी क्षमतालाई बलियो बनाउँछ ।

मृगौलाको लागि लाभकारीः

यसमा पाइने पोटासियम मृगौलाका लागि निकै फाइदाजनक छ । यो तपाईंको पिसाब थैलीका लागि क्लिंजिङ एजेन्टको रुपमा काम गर्दछ जसले हामीलाई मृगौलाको रोगबाट टाढा राख्छ ।

हड्डी बलियो बनाउँछः

आरुमा पाइने क्याल्सियम र फस्फरोसले हड्डीलाई बलियो बनाउनुका साथै दाँतलाई पनि बलियो बनाउँछ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धि जानकारी विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो। यी बिषयवस्तुहरु केवल जानकारीको लागी मात्र यहाँहरु समक्ष प्रस्तुत गरेका हौँ। कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सकको सल्लाह लिनुहोला।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.