कांग्रेस सभापतिसहित ७० कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

सोलुखुम्बु : सोलुखुम्बु जिल्लाको सोताङ गाउँपालिकाका कांग्रेस पार्टी सभापति इन्द्रकुमार राईसहितका ७० जना कांग्रेस र १ दर्जन एमाले कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

शुक्रबार सोताङमा आयोजित माओवादी केन्द्रको जनसभाका क्रममा कांग्रेस नेता राईसहितका कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।नवप्रवेशी राई चालीस वर्ष लामो राजनीतिक इतिहास बोकेका पूर्व गाविस अध्यक्ष तथा हाल नेपाली कांग्रेस सोताङ गाउँपालिकाका सभापति हुन् । राईलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी प्रवेश गराउनुभएको हो।

माओवादी केन्द्र प्रवेश गर्ने कांग्रेसका नेता, कार्यकर्ताहरुमा भबिशंकर राई, ईन्द्रकुमारी राई, गोकर्ण राई, मुगाधन राई, हेमबहादुर राई, जस्मा राई, बिमला राई, चित्तमणि राई, प्रविता राई, ईन्द्रबहादुर राई, खड्कबहादुर बिक, रुद्रबहादुर बिक, रमेश मगर, विष्णु मगर, सुवाससागर मगर, रत्नकुमारी मगर, मेगबहादुर मगर, विष्णुमाया मगर, बीरबहादुर कुलुङ, देविका मगर, चन्द्रबहादुर मगर, हर्किमाया मगर, कमल बहादुर बस्नेत, आरती राई, किराँत राई, धनकुमार राई, भीमराज राई, लालीमाया राई, सालिनी राई, देशबहादुर राई, मदन राई, प्रदीप राई, नीरकुमार राई, भूपध्वज नाछिरिङ, जसबहादुर राई, कुमारसिंह राई, मीना राई लगायत हुनुहुन्छ ।

जनसभामा एमालेबाट टेकबहादुर राई, प्रतिमान राई, प्रदीप राई, कर्ण बस्नेत, भूपाल मगर लगायतका एक दर्जन कार्यकर्ता समेत माओवादी केन्द्रमा प्रवेश गर्नु भएको छ।

कार्यक्रममा बोल्दै नवआगन्तुक कांग्रेस सभापति राईले माओवादी पार्टीले लिएको राजनीतिक दिशा र समृद्धिको कामबाट आफू प्रभावित भएर माओवादी केन्द्रमा प्रवेश गरेको बताउनु भयो ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.