सडकको खाल्डो स्वयं पुर्ने यी ट्राफिक प्रहरीको सर्वत्र तारिफ

काठमाडौ । सडकको खाल्डो स्वयं पुर्दै ट्राफिक व्यवस्थापन सहज बनाउने ट्राफिक प्रहरीको सर्वत्र तारिफ, ललितपुर चापागाउँका ट्राफिक इन्चार्ज सुमन रानामगर नमुना पात्र बनेको छ ।

उदाहरण खोज्न धेरै टाढा जानु पर्दैन । उदाहरण हाम्रा नजिक र आँखा अगाडि बग्रेल्ती भेटिन्छन् । नमूना व्यक्तिहरु यही समाजमा छन् ,उनीहरुको खोजी गर्न कुनै किताब पनि पल्टाइ रहनु पर्दैन । काठमाडौंको ठूलो समस्या भनेको सडक र सवारी पनि हुन । न सडक गतिलो छ नत सवारीको व्यवस्थापन नै । एउटा ट्राफिकको काम सवारीको व्यवस्थापन गर्ने हो । तर एउटा ट्राफिक जो खाल्डो परेको सडक पुरेर भएपनि आफ्नो दायित्व निभाउन कृतसंकल्पित भेट्यौ ।

सिधा कुरा जनतासंगको कार्यक्रम मार्फत उनको कर्म सार्वजनिक भएपछि ती ट्राफिक प्रहरीलाई सबैको स्याब्बासीको पात्र बन्न थालेका छन् । उपत्यकाका लगभग अधिकांश सडकहरुको अवस्था राम्रो छैन । काठमाडौं उपत्यकाका सडक प्रयोगकर्ताहरु सधै आफु हिड्ने सडकमा भएका खाल्डा खुल्डी छल्दै आफ्नो गन्तब्यमा पुग्ने गर्छन । सडकमा भएका त्यस्ता खाल्डा पुर्ने काम सडक विभागको दायित्व भित्र पर्छ । तर एक कर्मशील ट्राफिक प्रहरीले त्यो जिम्मा पनि आफ्नो काँधमा लिएका छन् । यो दृश्य हो ललितपुरको चा“पागांउ सडक खण्डको । सधै सडकमा सवारी व्यवस्थापन गर्ने ट्राफिक प्रहरी सडकमा भएका खाल्डा पुरिरहेका छन् ।

ललितपुर चापागांउका ट्राफिक ईन्चार्ज असई सुमन राना मगर चापागाउँ सडक खण्डमा भएका खाल्डा पुर्दैथे । त्यस सडकमा गिट्टी बोक्ने ट्रिपरबाट अलि अलि गिट्टी झिक्दै सडकमा रहेका खाल्डा पुरिरहेका थिए । साँघुरो सडक त्यसमाथि पनि खाल्डाहरुले गर्दा दिनहँु ट्राफिक जाम हुने भएकाले उनि एक्लै खाल्डो पुर्न लागिपरेका थिए ।

असई मगर एक्लै सडक खनिरहदा स्थानीयवासी भने मुकदर्शक बनेर हेरिरहेका थिए । उन्ले सडक खनेको हेर्दै कोही गफ गरिरहेका थिए भने कोही तस्वीर कैद गर्न व्यस्त थिए । आफ्नो घर अगाडिको खाल्डो पुर्न तपाईहरुले किन साथ नदिएको भन्ने न्यूज २४ को प्रश्नमा उनीहरुले खासै चासो दिएन्न । उल्टो जवाफ थियो यो काम त सडक विभागको हो ।

चापागाउँ जाने यो सडक अझै विस्तार हुन सकेको छैन । साँघुरो सडक त्यसमा पनि ठूलो ठूलो खाल्डा भएका कारण कार्यालय समयमा सधै ट्राफिक जाम हुने गर्दछ । news24nepal.tv

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.